Advertisement

गुरुयोजना बनाएर पीडितका समस्या सम्बोधन गर्छु : प्रधानमन्त्री

0 622

Advertisement

०४ कात्तिक, महेन्द्रनगर। प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिममा बाढी र पहिराबाट भएको क्षति र पीडितलाई सम्बोधन हुनेगरी गुरुयोजना बनाइने बताउनुभएको छ । बाढी प्रभावित क्षेत्र निरीक्षणका क्रममा आज साँझ कञ्चनपुरको दोधारा–चाँदनी पुग्नुभएका प्रधानमन्त्री देउवाले सुदूरपश्चिम बाढी र पहिराबाट नराम्ररी प्रभावित भएको बताउनुभयो ।

“बाढी र पहिराले यहाँको अवस्था नै दयनीय बनाइदिएको मैले निरीक्षणका क्रममा पाए”, उहाँले भन्नुभयो, “निरीक्षणपछि काठमाडौँ फर्किएर गुरुयोजना बनाएर सम्बोधन गरिनेछ ।” उहाँले आफू निरीक्षणका क्रममा यहाँ बाढी र पहिराले पु¥याएको क्षति देखेर दुखित भएको बताउनुभयो ।

प्रधानमन्त्री देउवाको टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, पर्यटनमन्त्री प्रेम आले, पूर्वमन्त्री रमेश लेखक, नारायणप्रकाश साउद र वीरबहादुर बलायर सहभागी हुनुहुन्थ्यो । प्रधानमन्त्रीले डोटी, बझाङ, बैतडी, डडेल्धुरा हँुदै बाढीको क्षति र अवस्थाबारे आज साँझ कञ्चनपुर पुगेर स्थलगत जानकारी लिनुभएको हो । उहाँले कञ्चनपुरमा ब्रह्मदेव र महाकाली तटीय क्षेत्रमा हवाई निरीक्षणसमेत गर्नुभएको थियो ।

सुदूरपश्चिममा बाढी र पहिराका कारण ३१ जनाको मृत्यु भइसकेको छ भने २३ जना बेपत्ता र १७ जना घाइते भएका छन् । पहिराले सडकमा क्षति पुगेपछि पहाडी जिल्लाको यातायात सेवा अझै निर्वाधरूपमा सञ्चालन नहुन सकेको छैन ।

कञ्चनपुरमा महाकाली नदीमा आएको बाढीले भीमदत्तनगरपालिका–९, ११, १२ र १३ र दोधारा–चाँदनीमा क्षति पु¥याएको थियो । त्यसैगरी बाढीले महाकाली नदीमा निमार्णाधीन चार लेनको पक्की पुलसँगै बनिरहेको छ लेनको पहुँच मार्गको केही भाग कटान गरेको छ । बाढीबाट विस्थापित अझै घर फर्किसकेका छैनन् । पीडित विद्यालय, सार्वजनिक स्थान र आफन्तकामा आश्रय लिइरहेका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.