Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

अमेरिकामा बुस्टर डोज लगाइने : जोन्सन र मोर्डना खोपलाई अनुमति

0 213


०४ कार्तिक, वासिङ्टन । लाखौं अमेरिकीले चाँडै कोभिड-१९ विरुद्धको बुस्टर डोज प्राप्त गर्ने भएका छन् । त्यहाँको आधिकारिक निकाले बुस्टर मात्राका लागि मोर्डना र जोन्सन एन्ड जोन्सनलाई अनुमति दिएको छ ।

फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनको यो मान्यतापछि अब अमेरिकी नागरिकहरुलाई तेस्रो डोज दिने बाटो खुलेको छ ।

भाइरस संक्रमणको कारण ७ लाख २९ हजार जनाको मृत्यु भएको बेला बुस्टर डोजबारे निर्णय भएको हो । अहिले पनि लाखौं अमेरिकीले खोपको पहिलो मात्रा पनि लगाउन पाएका छैनन् ।

बाइडेन प्रशासनले हामीले बुस्टर डोजलाई देशव्यापी वितरण गर्ने घोषणा गर्दा यसको विरोध भएको थियो । बिहीवार जोन्सन एन्ड जोन्सन १८ वर्ष उमेरभन्दा माथिकालाई लगाउन अनुमति मिलेको छ ।

मोर्डनाको बुस्टर डोज भने ६५ वर्षभन्दा माथिको उमेरका नागरिक, गम्भीर तथा दीर्घरोगीलाई दिने भनिएको छ । पहिलो डोज लगाएको ६ महीनापछि मात्र मोर्डनाको बुस्टर डोज दिइने निर्णय भएको छ ।

यसअघि लगाएकै खोपको बुस्टर डोज दिइने भएको छ । तर, चिकित्सकको सल्लाहमा अर्को खोपको बुस्टर डोज पनि लगाउन सकिने भएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.