Advertisement

बागमतीमा एकीकृत समाजवादी र कांग्रेसबीच सत्ता बाँडफाँट : राजेन्द्र पाण्डेपछि इन्द्र बानियाँ मुख्यमन्त्री बन्ने

0 802

Advertisement

०४ कार्तिक, काठमाडाैँ । बागमती प्रदेशमा एकीकृत समाजवादी र नेपाली कांग्रेसबीच आलोपालो सत्ता चलाउने सहमति भएको छ। वर्तमान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको बहिर्गमनपछि आगामी सत्ताको नेतृत्वको विषयमा सहमति भएको हो।

शाक्यको बहिर्गमनपछि एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने छन्। त्यसपछि कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँ मुख्यमन्त्री बन्ने सहमति भएको हो।

यसअघि प्रदेश १ र बागमती प्रदेशको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमति भएको थियो। सोही सहमतिबमोजिम गठबन्धनले सर्कुलर गरे पनि प्रदेशमा कांग्रेसले आफ्नो नेतृत्वको दाबी नछोडेपछि नयाँ सहमति भएको हो।

तर, नेकपा (माओवादी केन्द्र)का एक सांसदले यो भद्र सहमतिमात्रै भएको र सबै प्रदेशमा यही अनुसार भएमा मात्रै बागमतीमा पनि कार्यकाल आधाआधा हुने दाबी गरे। शाक्यको बहिर्गमन केही दिनमै हुँदै छ। उनले विश्वासको मत लिने प्रस्ताव प्रदेश सभा बैठकमा टेबल गरिसकेकी छन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.