Advertisement

स्रोत नखुलेको रु ८० लाखसहित एक पक्राउ

0 294

Advertisement

०४ कार्तिक, काठमाडाैँ । प्रहरीले स्रोत नखुलेको रु ८० लाखसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार गए राति मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीबाट स्रोत नखुलेको रु ८० लाखसहित काठमाडौँ कोटेश्वर बस्ने बागलुङ गल्कोट नगरपालिका–१० का ३६ वर्षीय चित्रबहादुर पुन मगरलाई गएराति पक्राउ गरेको छ ।

लोकन्थली मनहरा आँखा अस्पताल नजिक हुण्डीको कारोबार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त थिमीबाट खटिएको प्रहरीले मगरलाई नियन्त्राण्मा लिएको हो ।

उनको साथबाट बा ४९ प ८५६५ नंको स्कुटर र नगद रु ३० लाखसहित बरामद गरिएको र अनुसन्धानको क्रममा उनको कोठा तलासी गर्दा थप रु ५० लाख बरामद गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनलाई आवश्यक कारबाहीका लागि सम्पत्ति शुद्धिकरण विभाग ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.