Advertisement

सञ्चारकर्मीलाई मास्क सहयोग

0 287

Advertisement

०४ कार्तिक, काठकमडाैँ । साइनो नेपाल मिडिया सोसाइटीले अग्रपङ्क्तिमा रहेर काम गर्ने सञ्चारकर्मीलाई मास्क सहयोग गरेको छ । सोसाइटीले आज प्रेस सेन्टरलाई चार हजार ८०० थान र नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखा तथा मध्यपुर सञ्चार समाजलाई एक हजार २०० थान मास्क सहयोग गरेको हो ।

सोसाइटीका अध्यक्ष धु्रव पौडेलले प्रेस सेन्टरलाई पेरिसडाँडा र महासङ्घ भक्तपुर शाखा तथा मध्यपुर सञ्चार समाजलाई थिमीमा पुगेर मास्क प्रदान गर्नुभएको हो । यसैगरी प्रेस सेन्टरका महासचिव विष्णु सापकोटा र महासङ्घ तथा समाजका लागि मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलाई मास्क हस्तान्तरण गरिएको थियो ।

प्रमुख श्रेष्ठले सोसाइटीबाट प्राप्त मास्क महासङ्घका अध्यक्ष जगतकृष्ण प्रजापति र समाजका अध्यक्ष बाबुकाजी श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको थियो । महासचिव सापकोटाले कोरोनाको जोखिम कायमै रहेको अवस्थामा अग्रपङ्क्तिमा रहेर काम गर्ने सञ्चारकर्मीलाई मास्क सहयोग गरेकामा आभार प्रकट गर्नुभयो । सोसाइटीले सञ्चारकर्मीलाई विभिन्न सहयोग गर्दै आइरहेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.