Advertisement

नेपाल इन्भेष्टमेण्ट बैंकको लाभांश संशोधन

0 558

Advertisement

०४ कात्तिक, काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले लाभांश संशोधन गरेको छ । कम्पनीले ११ दशमलव २४ प्रतिशत बोनस शेयर र ४ दशमलव ७६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकोमा संशोधन गरी १२ दशमलव ६११ प्रतिशत बोनस शेयर र ३ दशमलव ३८९ प्रतिशत नगद लाभांश कर समेत गरी कुल १६ प्रतिहत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

राष्ट्रबैंकको निर्देशन बमोजिम बोनस शेयर तथा नगद लाभांश परिवर्तन गरेको कम्पनीले जानकारी गराएको छ । कम्पनीको कात्तिक २ गते बसेको सञ्चालक समितीको बैठकले उक्त लाभांश परिवर्तन भएको जानकारी गराएको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्रबै.कबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारीत भएपछि शेयरधनीले पाउनेछन् । कम्पनीले अघिल्लो आवको मुनाफाबाट शेयरधनीलाई १३ प्रतिशत बोनस शेयर र ५ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.