Advertisement

बाढीका कारण सुनसरीमा तीनको मृत्यु, छ बेपत्ता

0 372

Advertisement

३ कात्तिक, सुनसरी । आइतबारको वर्षासँगै आएको बाढी कारणले सुनसरीमा बुधबार तीन जनाको मृत्यु भएको छ भने छ बेपत्ता भएका छन् । मृत्यु हुनेमा धरान–६ का ७२ वर्षीय विष्णु सुनार, इटहरी–३ का चन्द्रमणि काफ्ले र धरान–११ का भोगेन्द्र राई रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।

त्यसैगरी बाढीमा परेर छ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता हुनेमा इटहरी–२ का रोशन बुढाथोकी, इटहरी–७ का कैलाश मण्डल, इटहरी–२ का योगेन्द्र तिवारी, इटहरी–३ का राजकुमार राई, इटहरी–९ का विनोद पराजुली र भोक्राहा नरसिंह गाउँपालिका–७ का कलर मण्डल रहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिनुभयो । बेपत्ता भएकाहरूको खोजी जारी रहेको छ ।


–––



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.