Advertisement

गहिरो दुःख व्यक्त गर्दै सम्पूर्ण नागरिकको यो संवेदनशीलताप्रति सहानुभूति प्रकट: नेपाली कांग्रेस

0 556

Advertisement

०३ कात्तिक, काठमाडौं । केही दिनदेखि परेको अविरल वर्षा पछि आएको वाढी, पहिरो र डुवानको कारणले देशका विभिन्न जिल्लाहरुमा जनधनको ठूलो क्षति भएको छ भने जनजिवन अस्तव्यस्त भएको छ ।

वाढी पहिरोबाट दर्जनौं जिल्लामा ३१ जनाको मृत्यु, ४३ जना वेपत्ता, कयौं घाइते र कयौं विस्थापित हुन पुगेको घटनाप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दै सम्पूर्ण नागरिकको यो संवेदनशीलताप्रति सहानुभूति प्रकट गरेको छ । ।

यस घडीमा प्रभावित नागरिकको जीवन रक्षा, उद्धार र राहतको कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन यथाशीघ्र प्रभावित क्षेत्रमा उद्धार टोली खटाएर थप मानवीय र भौतिक क्षति रोक्न तीन वटै तहका सरकारहरुले आवश्यक समन्वय र ब्यवस्थित योजना साथ सम्पूर्ण रुपले ध्यान केन्द्रीत गर्न नेपाली कांग्रेस आग्रह गर्दछ । सम्पर्क विहिनको खोजी तीव्र बनाउन, पीडित परिवारलाई राहत उपलब्ध गराउन, बसोबासको व्यवस्था मिलाउन र घाइतेहरुलाई सम्पूर्ण उपचारको व्यवस्था गर्न नेपाली कांग्रेस सरकारसँग माग गरेको छ । ।

गम्भीर रुपले प्रभावित जिल्लाका नेपाली कांग्रेस र भ्रातृ एवं शुभेच्छुक संस्थाका सबै तहले एक आपसमा समन्वय गरी सम्पूर्ण सांगठनिक संरचनाका साथीहरुलाई परिचालन गरी उद्धार, राहत र उचित बसोबासको व्यवस्था मिलाउन सहयोग पु¥याउँदै पहिरो एवं डुबानमा पर्न सक्ने थप जोखिम क्षेत्रको पहिचान गरी उक्त क्षेत्रबाट अन्य सुरक्षित स्थानमा नागरिकको स्थानान्तरण गराउने कार्यमा जुट्न नेपाली कांग्रेस अपील गर्दछ ।

प्राकृतिक प्रकोपमा जीवन गुमाउनु भएका सबैप्रति नेपाली कांग्रेस भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरुको आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछ । साथै, घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.