Advertisement

वडा अधिवेशनको दुई दिन अघि एमालेले बोलायो स्थायी कमिटी बैठक, यी ५ एजेण्डामा हुँदैछ छलफल

0 450

Advertisement

०३ कात्तिक, काठमाडाैं । नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ। कात्तिक ४ गते ललितपुरको च्यासलमा स्थायी कमिटीको बैठक बोलाइएको हो।

विधान विधान महाधिवेशनको समीक्षा, वडा अधिवेशन लगायतका एजेण्डामा छलफल गर्न बैठक बोलाइएको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।

एमालेको वडा अधिवेशन कात्तिक ६ गते हुँदैछ। कात्तिक ९ गते हुने पालिका अधिवेशन र मंसिरमा हुने राष्ट्रिय अधिवेशनका बारेमा पनि बैठकमा छलफल हुने तामाङले जानकारी दिए।

यसअघि ललितपुरको गोदावरीमा सम्पन्न विधान महाधिवेशनले एमालेको विधान तयार पारेको थियो। उक्त विधानले ७० वर्ष उमेरहद लगायतका व्यवस्था गरेको छ। उक्त उमेरहदका बारेमा एमालेभित्र आफू अनुकुल व्याख्या गरेको भन्दै अध्यक्ष ओलीसँग दोस्रो तहका नेताहरु असन्तुष्ट छन।

विधान महाधिवेशनपछि एमालेको बैठक बसेको थिएन। उक्त महाधिवेशनपछि बस्न लागेको बैठकमा नेकपा एमालेभित्र १० बुँदे सहमति गरेर तत्कालिन बरिष्ठ नेता माधवकुमार नेपाललाई छोडेका नेताहरुले आफ्ना असन्तुष्टि राख्ने बताइएको छ। विधान महाधिवेशनमा असन्तुष्ट नेताहरुले आफ्नो विचार राख्ने वातावरण नबनेको बताएका थिए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.