Advertisement

शिल्पा शेट्टी र राज कुन्द्रले शर्लिन चोपडाविरुद्ध ५० करोड भारतीय रुपैयाँको मानहानीको मुद्दा दायर

0 702

Advertisement

०३ कार्तिक, एजेन्सी । शिल्पा शेट्टी र राज कुन्द्रले शर्लिन चोपडाविरुद्ध ५० करोड भारतीय रुपैयाँको मानहानीको मुद्दा दायर गरेका छन् । रिपोर्टका अनुसार गत हप्ता जुहू प्रहरी स्टेशनमा शर्लिनले राज कुन्द्रविरुद्ध एफआईआर दर्ता गरेपछि राज र शिल्पाका वकिलले यो कदम उठाका हुन् । शर्लिनले आफ्नो उजुरीमा राज र शिल्पाविरुद्ध यौन उत्पीडन र अन्डरवर्ल्डबाट धम्की दिएको आरोप लगाएकी थिइन् । शिल्पा–राजको वकिलको चेतावनीका बावजुद उनले प्रेस कन्फरेन्स पनि गरेकी थिइन् ।

प्रहरीमा दर्ता गरेको उजुरीमा शर्लिनले राज कुन्द्राको ‘जेएल स्ट्रीम’ कम्पनीका लागि आफूले ३ वटा भिडियो सुट गरेको तर उनले वाचा अनुसार पैसा नदिएको पनि आरोप लगाएकी छन् । शरीर प्रदर्शन गरेपछि राज कुन्द्राले कलाकारहरुलाई पैसा नदिने गरेको उनको उजुरीमा उल्लेख छ ।

‘शर्लिन चोपडाले जुन वक्तव्य दिइरहेका छन्, त्यो कानुनको दायरामा हुनुपर्छ । मेरो क्लाइन्टविरुद्ध प्रेस कन्फ्रेन्स गर्नु उनीहरुलाई बदनाम गराउने षडयन्त्रको हिस्सा हो । सार्वजनिक रुपमा शर्लिन चोपडाले भनेका हरेक कुराको प्रयोग अदालतमा उनको विरुद्ध प्रयोग गरिनेछ । उनीविरुद्ध सिभिल र क्रिमिनल प्रोसिडिङ अन्तरगत मामिला दर्ज गरिनेछ,’ शिल्पा र राजका वकिलले यसअघि चेतावनी दिएका थिए । अहिले त्यही कुरा वास्तविकता बनेको छ ।

गत जुलाईमा शर्लिनले राज कुन्द्रामाथि शोषणको आरोप लगाएकी थिइन् । दुई वर्षअघि सन् २०१९ मा राज एक दिन अचानक उनको घर पुगेर उनको साथ यौन दुर्व्यवहार गरेको उनको आरोप थियो । राजले उनलाई जबरजस्ती किस गरेको उनको भनाइ थियो । सबैभन्दा पहिले अप्रिल २०२१ मा शर्लिनले राजमाथि यौन उत्पीडनको आरोप लगाउँदै एफआईआर दर्ता गराएकी थिइन् ।

राज कुन्द्र पोर्न चलचित्र निर्माणको मुद्दामा २ महिनासम्म जेलमा थिए । मुम्बई क्राइम ब्रान्चले अदालतमा राजविरुद्ध १५ सय पन्ना लामो चार्जशीट दायर गरेको छ । उता, गहना वशिष्ठले भने शर्लिनले नै राजलाई बोल्ड कन्टेन्ट उद्योगमा तानेको आरोप लगाएकी छन् । शर्लिनले केवल आफूतर्फ ध्यान तान्नका लागि राज र शिल्पामाथि आरोप लगाइरहेको उनको दाबी थियो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.