Advertisement

सुनको मूल्य वृद्धि

0 776

Advertisement

०३ कात्तिक, काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु एक सयले बढेर ९१ हजार ४०० कायम भएको छ । छापावाल सुन सोमबार प्रतितोला रु ९१ हजार ३०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तरराष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ ।

महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुन प्रतितोला रु ९० हजार ९०० मा कारोबार हुनेछ जुन सोमबार प्रतितोला रु ९० हजार ८०० मा कारोबार भएको थियो ।

महासङ्घका अनुसार आज चाँदीको मूल्य सोमबारको तुलनामा प्रतितोला रु १० ले बढेर एक हजार २३५ पुगेको छ । चाँदी सोमबार प्रतितोला रु एक हजार २२५ मा कारोबार भएको थियो । नेपाल सुनचाँदी तथा रत्न आभुषण व्यवसायी महासंघका अध्यक्ष रमेश महर्जनको असामयिक निधनको शोकमा मङ्गलबार सुनचाँदी व्यवसायीले कारोबार बन्द गरेका थिए ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.