आगामी तीन दिनको मौसम जानकारी, सतर्क रहन मौसमविद्को आग्रह
०३ कार्तिक, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको बिहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापिय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको छ।
हाल देशको प्रदेश १, प्रदेश २ र बागमती प्रदेशहरूमा पूर्ण बदली र बाँकी भू(भागहरूमामा सामान्य देखि पूर्ण बदली रहेको छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा र बाकी प्रदेशका एक(दई स्थानहरूमा हल्का देखि मध्यम बर्षा भएको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ कार्तिक ०३ गते (बुधवार)
दिउँसो : प्रदेश १, प्रदेश २ र बागमती प्रदेशहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरूमा आंशिक देखि सामान्य बदली रहने छ। प्रदेश १, प्रदेश नं २, बागमती प्रदेश, र गण्डकी प्रदेश प्रदेशका धेरै स्थानहरुका साथै बाकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागहरुका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपात तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्का हिमपातको सम्भावना छ । प्रदेश १ का थोरै र प्रदेश २, बागमती, र गण्डकी प्रदेशका एक दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
राती : प्रदेश १, प्रदेश २ र बागमती प्रदेशहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरूमा आंशिक देखि सामान्य बदली रहने छ। प्रदेश १ र प्रदेश नं २का थोरै स्थानहरुमा साथै बाकी प्रदेशका एक/दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागहरुका हल्का हिमपातको समेत सम्भावना छ । प्रदेश १ को एक दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
२०७८ कार्तिक ०४ गते (बिहिवार)
दिउँसो : प्रदेश न १, प्रदेश न २, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्विनी प्रदेशमा सामान्य वदली रही सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य वदली रहने छ। प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा साथै बाकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राती : प्रदेश न १, प्रदेश न २, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्विनी प्रदेशमा सामान्य वदली रही सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिक वदली रहने छ। प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा साथै बाकी प्रदेशका एक दुई स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
२०७८ कार्तिक ०५ गते (शुक्रवार)
दिउँसो : प्रदेश न १, प्रदेश न २, वागमती प्रदेश, र गण्डकी प्रदेशमा सामान्य वदली र सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आं शिक देखि सामान्य वदली रहने छ। प्रदेश १, बागमती, र गण्डकी प्रदेशका एक दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राती : प्रदेश न १, प्रदेश न २, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्विनी प्रदेशमा सामान्य वदली र सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिक वदली रहने छ। प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
प्रदेश १, प्रदेश नं २, बागमती प्रदेश, र गण्डकी प्रदेश प्रदेशका धेरै स्थानहरुका साथै बाकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना, देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागहरुका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपात तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्का हिमपातको सम्भावना र प्रदेश १ का थोरै र प्रदेश २, बागमती, र गण्डकी प्रदेशका एक/दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेको छ ।