Advertisement

असहाय गाईबाच्छा संंरक्षणका लागि कम्पोष्ट मल अभियान

0 422

Advertisement

०२ कात्तिक, काठमाडाैँ । असहाय गाईबाच्छा संरक्षण अभियानलाई स्वावलम्बी बनाउने योजना अनुरुप आधा मूल्यमा गुणस्तररीय कम्पोष्ट मल अभियान सुरु भएको छ । कात्तिक १ गतेदेखि कम्पोष्ट मल बनाएर आधा मूल्यमा बिक्री वितरण सुरु गरिएको हो । मल बिक्रीबाट आएको रकम कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित पशुपति क्षेत्र विकास कोषले उपलब्ध गराएको जग्गामा सञ्चालित असहाय गाईबाच्छा संरक्षण अभियानमा उपयोग गरिने छ ।

अभियानको पहिलो दिन सोमबार नै ५०० किलोग्राम कम्पोष्ट मलको माग आएको सो अभियानका अभियानकर्मी उत्तम पुडासैनीले राससलाई जानकारी दिनुभयो । शतप्रतिशत शुद्ध गोबरबाट बनेको र पोटाससमेत मिसाइएकाले बिरुवाका लागि अत्यन्तै लाभदायक मानिन्छ । मललाई घरमै पु¥याउने सुविधासहित बिक्री वितरण सुरु भएको हो ।

बिक्रीबाट प्राप्त सबै रकम असहाय गाईबाच्छा संरक्षणमा लगाइने छ । मल खरिद गर्दै असहाय गाईबाछा संरक्षणमा सहयोग गर्नुहुन अभियानले सबैमा आग्रह गरेको छ । मल बिक्री वितरणबाट प्राप्त रकम पारदर्शी रुपमा गौ सेवामा समर्पित हुने अभियानले जनाएको छ । अभियानले सडकमा छोडिएका करिब २०० गाईबाच्छालाई आश्रय दिँदै आएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.