Advertisement

बंगलादेशमा भएको धार्मिक दंगाले उग्ररुप लिँदै, संयम रहन सरकारको अपिल

0 491

Advertisement

३१ असाेज, एजेन्सी । दुर्गा पूजा समारोह र मन्दिरमा भएको हमलापछि बंगलादेशका विभिन्न ठाउँमा हिंसा भड्किएको छ ।

ठाउँ ठाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको र ढाकामा थप एकजनाको ज्यान गएको बीबीसीले जनाएको छ ।

राजधानी ढाकामा हिन्दू समुदायका घर पसललाई निशाना बनाएर आक्रमण भइरहेका खबरमा उल्लेख छ । यस्तै थुप्रै गाडीमा तोडफोड र आगजनी भएका छन । प्रदर्शनकारीले भारतविरोधी नारा लगाएका र बंगलादेशी प्रधानमन्त्री शेख हसिना भारतसँग झुक्दै गएको आरोप लगाएका छन् ।

एक दुर्गा पूजा समारोहमा कुरानको अपमान भएको हल्ला समाजिक सञ्जालमार्फत फैलिएपछि हिंसा सुरु भएको थियो । बुधबार नै ४ जनाको ज्यान गइसकेको थियो । हिंसा फैलिएपछि गृह मन्त्रालयले २२ वटा जिल्लामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ ।

प्रधानमन्त्री बेगम हसिना जियाले घटनामा संलग्नलाई कारबाही गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.