Advertisement

साफ च्याम्पियनसिप उपाधिका लागि आज नेपाल र भारत भिड्दै 

0 598

Advertisement

३० आश्विन, काठमाडौं । साफ च्याम्पियनसिप २०२१ को फाइनल आज हुँदैछ । उपाधिको लागि नेपाल र भारत भिड्दै छन् । खेल राति ८ः४५ बजे मालेको माल्दिभ्स फुटबल स्टेडियममा हुनेछ ।

भारत लिग चरणको विजेता बन्दै फाइनल पुगेको थियो भने नेपाल उपविजेता बन्दै फाइनलमा पुगेको थियो ।

भारतले समूह चरणमा २ जित र २ बराबरी खेल्दै ८ अंक जोडेको थियो भने भने नेपालले २ जित, १ बराबरी र १ हारको नतिजासहित ७ अंक प्राप्त गरेको थियो । जारी प्रतियोगितामा समूह चरणमा भारतले नेपाललाई १-० ले पराजित गरेको थियो ।

सन् १९९३ देखि सुरु भएको साफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल पहिलोपटक प्रवेश गरेको हो । भारत भने साफ च्याम्पियनसिपमा सबैभन्दा सफल टिम हो । उसले अहिलेसम्म ७ पटक च्याम्पियनसिपको उपाधि जितिसकेको छ ।

नेपाली टिमका सहायक प्रशिक्षक किरण श्रेष्ठले ऐतिहासिक रुपमा फाइनल प्रवेश गरेको उल्लेख गर्दै प्राप्त अवसरलाई नगुमाउने र जित्नकै लागि खेल्ने उद्घोष गरेका छन् ।

भारतका प्रशिक्षक शानमुगम वेंकटेशले आफ्नो टिम पुरै आत्मविश्वासी र प्रेरित भएर उपाधि रक्षाका लागि मैदान उत्रने बताएका छन् ।

कप्तान किरण चेम्जोङले पनि फाइनल खेल गोर्खाली पारामा खेल्ने बताएका छन् । उनले माल्दिभ्स आफ्नो दोस्रो घर भएकाले यो भूमीमा इतिहास बनाउने लक्ष्यमा रहेको पनि बताए । फाइनल खेलको लागि आफ्नो टोली तयार भएको उनको भनाइ छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.