Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

थप ४५५ जनामा कोरोना पुष्टि, आठ जनाको मृत्यु

0 38

२८ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार ४१८ पीसीआर परीक्षण गर्दा ३९८ जना र दुई हजार ७९६ एन्टिजेन परीक्षण गर्दा ५७ गरी ४५५ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कूल सङ्ख्या आठ लाख चार हजार २७६ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट आठ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा मृत्यु हुनेको सङ्ख्या ११ हजार २६९ पुगेको छ । त्यसैगरी आज ८०४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन । योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ७९ हजार १५४ पुगेको छ ।

हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १३ हजार ८५३ जना रहेको छ । तीमध्ये १२ हजार ७९१ होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार एक हजार ६२ संस्थागत आइसोलेसनमा रहेका छन् भने कोरोनाका बिरामीमध्ये ३१० जना आइसीयू र १०५ जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै २३० जना क्वारेन्टिनमा रहेका छन् ।


–––



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.