बाल्ट्रामा हरेक हप्ता सुनको सिठ्ठी जित्ने मौका
२७ असोज, काठमाडौं । चाडपर्वको यो मौसममा ग्राहक वर्गलाई लक्षित गर्दै हामीले ‘बाल्ट्रा बडा उत्सव’ उपहार योजना ल्याएका छौं । यस उपहार योजनामा सहभागी ग्राहकहरुबाट हरेक हप्ता १ जनाले गोलाप्रथामार्फत सुनको सिठ्ठी (२२ क्यारेट, ४ ग्राम नेट तौल) जित्न सक्नेछन् ।
नेपालभर रहेका हाम्रा आधिकारिक बिक्रेता (डिलर, रिटेलर, एक्स्क्लुसिभ शोरुम तथा अनलाइन रिटेलर) बाट बाल्ट्राका जुनसुकै सामानको खरिद गर्ने ग्राहक यस प्रतियोगितामा सहभागी हुन सक्नेछन् ।
सहभागी हुनको लागि BALTRA><NAME टाईप गरी 34001 मा SMS गर्नुपर्ने हुन्छ । उपहार दाबी गर्नका लागि विजेताले सामान खरिद गरेको भ्याट/प्यान बिल ल्याउनुपर्ने छ । साथै उपहारमा लागू हुने कर विजेता आफैले व्यहोर्नुपर्ने छ । यस उपहार योजना सिमित अवधिका लागि मात्र लागू गरिएको छ ।