Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

चाडपर्वले सांस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न सहयोग पु¥याउँछः प्रदेश प्रमुख गुरुङ

0 137

२७ असोज, गण्डकी । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले चाडपर्वले न्याय र समानतासहितको सामाजिक, आर्थिक समृद्धि, सामाजिक एकता, आपसी सद्भाव र भ्रातृत्व अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

विजयादशमीका अवसरमा उहाँले आज प्रकाशन गर्नुभएको शुभकामना सन्देशमा असत्यमाथि सत्यको विजय हासिल भएको मान्यता र प्रतीकका रुपमा मनाइने दसँै पर्वको विशेष महत्वको रहेको उल्लेख छ ।

“घटस्थापनादेखि नवमीसम्म माता नवदुर्गाको विशेष अर्चना र आराधना गरिने गरिन्छ” शुभकामना सन्देशमा भनिएको छ, “दशमीको दिन मान्यजनबाट टीका, जमरा, फूलपाती र प्रसादसहित आशीर्वाद ग्रहण गरिन्छ ।”

उहाँले सन्देशमा हाम्रो मुलुकमा मनाउने गरिएका विभिन्न चाडपर्वले भौगोलिक, सांस्कृतिक र भाषिक विविधताबीच रहेको मौलिकता थप सृदृढ गर्नाका साथै सांस्कृतिक एकता र पहिचानलाई अक्षुण्णता राख्न महत्वपूर्ण योगदान पुगेको भन्नुभएको छ । यस प्रकारका चाडपर्वको संरक्षण एवं संवद्र्धधनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत गर्न सहयोग पुग्ने उहाँको विश्वास छ ।

कोरोना भाइरस सङ्क्रमण दर केही कम भए पनि पूर्ण रुपमा घटेको छैन । यस्तो अवस्थामा यस महामारीबाट जोगिन नेपाल सरकारले लागू गरेको स्वास्थ्यसम्बन्धी मापदण्डको पालना गर्दै आफू र आफ्नो परिवारसमेत सचेत र सजग हुँदै सुरक्षाका उपायहरू अवलम्बन गर्न सन्देशमार्फत सबैमा अनुरोध गर्नुभएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.