Advertisement

सडक दुर्घटनाको समाचारले प्रधानमन्त्री स्तब्ध

0 426

Advertisement

२७ असाेज काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुगु, कास्की र अछाममा भएका सडक दुर्घटनाको समाचारले आफू स्तब्ध भएको बताउनुभएको छ ।सामाजिक सञ्जाल ट्वीटरमार्फत् प्रधानमन्त्री देउवाले सो समाचारले आफू स्तब्ध भएको भन्दै दुर्घटनामा मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकमा परेका परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ । उहाँले ती दुर्घटनामा मृत्यु भएकाहरुका परिवारलाई उचित राहत र घाइतेहरुको उद्वार एवं निःशुल्क उपचारको व्यवस्था सरकारले गर्ने पनि बताउनुभएको छ ।

साथै प्रधानमन्त्री देउवाले सडक दुर्घटना न्यूनीकरणका लागि सार्वजनिक–निजी सवारी साधनको नियमित परीक्षण एवं मर्मत गर्न, क्षमताभन्दा बढी यात्रु नराख्न र सुरक्षाका सबै मापदण्डहरू अपनाउन पनि ट्वीटमार्फत् सम्बन्धित सबैको ध्यानाकर्षण गराउनुभएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.