Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

६६३ जना सङ्क्रमित थप, १२ जनाको मृत्यु

0 99

२५ असाेज, काठमाडाैँ । पछिल्लो २४ घण्टामा ६६३ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार २३३ वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ६६३ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

यस्तै, चार हजार ९६२ वटा एन्टीजेन परीक्षण गर्दा १२२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९६.८ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा ८८८ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सैगरी, पछिल्लो २४ घण्टामा १२ जना सङ्क्रमितको मृत्यु भएको छ ।

हालसम्म ११ हजार २४३ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । सक्रिय सङ्क्रमित हुने १४ हजार ७८७ जना छन् । पछिल्लो २४ घण्टामा एक लाख २७ हजार ५३२ जनाले कोरोनाविरूद्धको खोप लगाएका छन् ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.