Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

बुढि आमा भन्नुहुन्छ , दशै आयाे तर सन्तान आएनन ( आमा, दशै र परदेशी म )

0 388

याेगेन्द्र खरेल

२५ असाेज, लिस्वाेन पाेर्चुगल । नेपालीहरुकाे महानपर्व बिजयादशमि , पल्ला घरे बिर्खे पनि घर पुगिसके छ । बाबाआमा र नानीबाबुहरु संग दशैकाे गितमा छमछम नाचेकाे भिडियाे टिकटकमा अपलाेड गरेकाे।रहेछ । माथ्ला घरे डल्लि भाउजु पनि दाजुले प्रदेशबाट ल्याइदिएका नयाँ कपडा लगाएर रमाउदै गरेकाे भिडियो टिकटकमा अपलाेड गरेकि रहिछन । यी रमाईला भिडियाेहरु हेर्दै जादा एउटा भिडियाेमा गएर मेरा आँखा टक्क अडिए , मन खिन्न भयाे , दशैकाे बेला पल्लाे गाउँकाे उमेश ले प्रदेशमै हृदयधातकाे कारण ज्यान गुमाएछ ।

दशैमा घर जाने तयारी गरेकाे उमेश सदाकाे लागि बिदेश मै अस्तान विवश भएछ । दशैमा बाबा आउलान र नया कपडा लगाएर रमाउदै दशै मनाउने सपना देखेकाे उमेशकाे १० बर्षे छाेराे कपाल खाैरेर सेता बस्त्र लगाएर बाबाकाे क्रिया गर्न विवश भएकाे रहेछ । याे स्वार्थी दुनिया याे महान पर्वकाे बेला कसैकाे घरमा खुसि नै खुसि दिएकाे छ त कसैकाे घरमा पिडा नै पीडा । मन खिन्न बनाउदै यी र यस्तै भिडियाेहरु हेर्दाहेर्दै रात पनि छिप्पिइसकेछ । चाडबाडकाे बेला घर जान नपाएकाे म एक प्रदेशि आफुले आफुलाई अभागी ठानिरहेकाे थिए । घडि हेर्दा रातकाे दुई बजिसकेकाे रहेछ , माेबाई चार्जमा राखेँ र आजकाे लागि सुत्ने निर्णय गरे।

भाेलि पल्ट बिहान सबेरै माेबाइलमा म्यासेन्जर कलकाे घण्टी बज्याे , मस्त निद्रामा रहेकाे म घण्टीकाे आवाजले उठ्न बिवश भए , सधै माेबाइल साइलेन्स माेडमा राखेर सुत्ने म आज त्यसाे गर्न बिर्सिएछु । माेबाइल हेरेर साइलेन्समा राखेर पुन: सुत्ने बिचारले माेबाइल हातमा लिए र हेरे , आखिर मेरै आमाकाे कल रहेेछ । जब आमाकाे कल आएकाे रहेछ तब माेबाइल साइलेन्समा राखेर पुन: सुत्ने मानसिकतामा परिबर्तन भयाे ।

सायद आज नेपालिहरुकाे महानपर्व बिजयादशमि भएर हाेला मेराे आमा पनि आफ्नाे सन्तानलाई आशिर्वाद दिन फाेन गर्नुभएकाे । फाेन उठाएर र बाेले आमा दर्शन , आमाले भन्नू भयाे आशिर्वाद बाबू ,नबदुर्गाले सधै रक्षा गरुन। उहाले याे भन्दै गर्दा शब्दहरु लरबराइरहेका थिए , उहाकाे मुटु भक्कानिएकाे थियाे , बाेलि निकै गह्रौ लागिरहेकाे थियाे , आमाकाे यति शब्द सुन्दा मेरा सबै ज्ञानेन्द्रियहरुले थाहा पाइसकेका थिए , कि मेराे आमा आज निराश हुुनुहुन्छ र दुखि महसुस गरिरहनु भएकाे छ ।

चार सन्तान कि आमा भएर पनि आज एक्लो महसुस गरिरहनुभएकाे छ । म उहाँ सङ्ग भिडियाे कल गर्ने प्रयास गरिरहेकाे थिए तर उहाँ भिडियाे कलकाे लागि तयार हुनुहुन्थ्यो सायद आफ्नाे आँखा बाट बग्ने आसुहरुले देखेर छाेरा थप दुखि नहाेस भन्ने चाहाना राख्नुहुन्थ्याे हाेला । त्यसैले भिडियाे कल एसेप्ट गरिरहनुभएकाे थिएन । आफ्नो पीडा आफू भित्रै दवाएरै याे दशै मनाउने बाध्यकारी निर्णय गरिसक्नुभएकाे थियाे हाेला मेराे आमाले ।

लामाे प्रयास पछि भिडियाे कलकाे लागि आमा तयार हुनु भाे , उहाँ काे निधारमा राताे टीका र शिरमा जमरा देखेर मन निकै प्रफुल्लित थियाे तर उहाकाे गहभरि भरिएर छचल्किरहेका आसुहरु देखेर निकै दुखि बनायाे , मेराे आखाहरु पनि रसाइरहेका थिए मेराे पनि गहभरि आँसु भरिएका थिए तर ती आँसु छचल्किएर पाेखिन दिएकाे थिइन । मलाई आँसु पाेख्ने गरि रुन मन लागिरहेकाे थियाे आमाकाे अगाडि डाँकाे छाेडर राेएर प्रदेशकाे पीडा बिसाउन मन लागेकाे थियाे । नेपाली काे महान पर्वमा बिदेश मै बस्नु पर्दाकाे पिडा तिनै आँसुहरुले बगाउने मन थियाे तर त्यसाे गरेेेर आफै दुख महसुस गरिरहनु भएकाे मेराे आमालाइ थप दुखित बनाउन चाहन्न थिए त्यसैले आफुले आफुलाई सम्हालिरहेकाे थिए । चाडपर्वहरु आउदा प्रदेशमा रहेकाे एक प्रदेशिलाई कति सम्म पीडा हुन्छ , त्याे मात्र म जस्ताे प्रदेेशि भाेगेकाे छ ।

मलाई आमाले भिडियाे कलबाटै आशिर्वाद दिने प्रयास गरिरहनु भएकाे थियाे तर उहाँ काे मुखबाट आवाज निस्कन नै गाह्राे मानिरहेकाे जस्ताे अनुभव मैले गरिरहेकाे थिए । अघिपछि तिज ,सक्रान्तिमसान्ति , रक्षाबन्धन ,दशैतिहार , आदिईत्यादि सबै चाडपर्वमा हासिखुसि शुभकामना दिने मेराे आमा आज किन यसाे गर्नुभएकाे छ याे कुराले मलाई दुखित र आश्चर्यचकित बनाईरहकाे छ । अघिपछि निकै लामाे कुरा गर्ने मेराे आमा आज थप धेरै कुरा गर्नै चाहनुभएन , ल है कान्छा लाईन गयाे फेरि बाेलाैला भन्दै कल काट्नु भयाे । मलाई थाहा थियाे पक्कै लाइन गएकाे थिएन ,उहाँ म सङ्ग बाेल्न नसकेर बनाएकाे एक मात्र बाहाना हाे ।

७० बर्ष पुग्नुु भएकाे मेराे आमा ,कुनै बेला ३ छाेरा र १ छाेरि छन दुख पर्दा मलाई के काे पिर भन्दै गर्व गर्नुहुन्थ्यो हाेला । तर आज ७० बर्षकाे बृध्द शरीर , सुगर ,प्रेसर र मुटुसम्बन्धि राेगहरु सङ्ग लड्दै गर्दा एक्लै हुनुहुन्छ , अहिले उहाँ लाई साथ दिनेमा ७६ बर्षिय मेराे पिता र स सना बालबालिका मात्र छन । जुन सन्तान जन्माउन , हुर्काउन , लालानपालन गर्न पठनपाठन गराउन आफ्नाे पुरै जवानी खर्चिनुभाे तिनै सन्तान आफू बृध्द हुदा साथमा नहुदा कस्ताे अनुभुति गर्नुहुन्छ हाेला मेराे आमा ।

बृध्द उमेर र बिबिध राेगहरुसङ्ग लडिरहेकाे मेराे जस्तै अरुआमाहरु पनि आफ्नाे दुखपिडा लुकाएर मन्ध मुस्कान सहित आफ्नाे प्रदेशमा रहेकाे सन्तानलाई भन्नुहुन्छ हाेला , तिमिहरुकाे खुसि नै हाम्राे खुसि हाे । मेराे आमालाई सबै भाैतिक सुबिधाहरु सम्पपन्न गर्न हामी सफल भएका छाै तर बिहान साझ गिलासमा ताताे पानी लिएर आमा अब सुगरकाेआैषधि खाने बेला भयाे , प्रेसर र मुटुसम्बन्धि आैषधिहरु खाने बेला भयाे भनेर भनिदिने मान्छे छैन । म सङ्गै उहाँ सङ्ग हुदा भन्नुहुन्थ्यो अरु त सबै ठिकै छ कान्छा , बिर्सिएर कहिले कुन आैषधि खानै छुट्छ त कहिले डबल पर्छ ।

हामी बिदेश भएका सन्तानहरुले आफ्ना आमाबुबाहरुलाई सबै भाैतिक सुबिधाहरु दिएकै छाै भन्दै गर्व गर्छाै हाेला तर बृध्द अबस्थामा भाैतिक सुबिधा भन्दा सन्तानले गर्ने रेखदेख र स्याहारसुसार महत्वपुर्ण हुन्छ भन्ने कुरा पुरै नजर अन्दाज गरेका छाै । जसरि हामी सानाे हुदा आमाबुबाले मायाममताका साथ हामिलाई हुर्काउनु भयाे त्यसैगरि उहाहरु बृध्दहुदा हामिले मायाममताका साथ स्याहारसुसार गर्नुपर्ने हाेईन र ? बृध्द भएका आफ्ना आमाबुबा काे स्याहारसुसार भन्दा बिदेशकाे पिआर लाई महत्व दिनुपरेकाेमा आफुप्रति आफैलाइ आत्मग्लानि भएकाे छ । म उहाँ प्रति हार्दिक नमन गर्दै क्षामा मागिरहेकाे छु ,देशकाे परिस्थितिकाे कारण बिवश भएर प्रदेशिएकाे सन्तानकाे पीडा बुझेर मेराे आमाले मलाई माफि त दिनुहाेला तर भगवान कहिल्यै माफ दिनेछैनन ।

४ सन्तानकि धनी मेराे आमा आफू बृध्द हुँदै गएकाे बेला , याे चाडपर्वकाे बेला कुनै पनि सन्तान साथमा नहुदा आज निकै दुख मानिरहनुभएकाे हाेला सायद । हामि अधिकाङ्स नेपालिहरु रहरले हाेइन बाध्यताले बिदेशीरहेका छाै , हामिले बिदेशकाे पिआर , टन्न धनसम्पति , आलिशान महल त बनाएका छाै तर आफ्ना मतापिता लाई दिनुपर्ने मायाममता बाट चुकिरहेका छाै ।

हामी साेचाैला महिनाै पिच्छै पैसा पठाईरहेका छाै ,ठुलाे घर बनाएर राखेकै छाै तर याे बेला उहाहरुलाई त्याे भाैतिक सुबिधामात्र चाहिएकाे हाेईन , सन्तानहरुकाे मायाममता चाहिरहेकाे हुन्छ । आमा आज किन राति सम्म ननिदाउनु भएकाे ? आमा आज किन छिटै उठ्नु भएकाे ?आमा आज किन हजुरलाई खाना रुचेन ? थारै जाउलाे पकाउ र आमा, आदिईत्यादि प्रश्नहरु प्रेमपुर्वक साेध्ने र हरबखत उहाहरुकाे केयर गर्ने मान्छे चाहिएकाे हाे । तर बिडम्बना म हजुरहरुप्रति त्यसाे गर्न सकिन मलाई माफ गरिदिनुहाेला आमा ।

स्वदेशमा बृध्द भएकि आमाकाे टेवलमा ताताे पानी राख्न नसकेकाे म प्रदेशि केही बेरमा टेबलमा विभिन्न ब्रान्डका रक्सिहरु , विभिन्न आईटम मासुका परिकारहरु राखेर त्यसैसङ्ग सेल्फि खिच्दै फेसबुकमा पाेस्ट्याउने छु र भन्ने छु हेप्पि दशै । बिचरा प्रदेशमा रहेकाे सन्तानकाे चिन्तामा दिनैभरि गहभरि आसुलिएर बसेकि मेरि आमालाई सम्झेने आज मलाई समय हुनेछैन , किनकि मेराे आज हेप्पि दशैवाला प्लान छ , आज दशै पार्टी छ । म एक निरीह हु वा स्वार्थि म आफुले आफैलाई चिन्न सकेकाे छैन । मेरै लागि आफ्ना सबै सुखहरु तिलान्जलि दिने मेराे आदरणिय मातापिताहरु प्रति नमन गर्दै समस्त नेपालिहरुलाई नेपालिहरुकाे महानपर्व बिजयादशमिकाे धेरै धेरै शुभकामना ।

जय देेश जय नेपाल



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.