Advertisement

‘ह्याप्पि बर्थ डे’मा वृक्षरोपण गराँै

0 698

Advertisement

२५ असाेज, काठमाडौँ । ‘ह्याप्पि बर्थ डे’ कसरी मनाउँने तयारी गर्दै हुनुहुन्छ ? केक काटेर अथवा अन्य सिर्जनशील कार्य गरेर । वृक्षरोपण गर्ने सोचमा हुनुहुन्छ ? हुनुहुन्छ भने प्रकृति संरक्षण अभियानका अभियन्ता अनिल बस्न्यातलाई सम्झनुहोला । तपाईँलाई ‘सेलिब्रेसन’ दिन उहाँ निः शुल्क बिरुवा लिएर तपाईँ रहेकै स्थानमा आउनुहुन्छ । वृक्षरोपणमा सहयोग गर्नुहुन्छ ।

किशोरावस्थादेखि वृक्षरोपणमा सक्रिय उहाँले हालसम्म चारहजार भन्दा वढी वृक्षरोपण गरिसक्नुभएको छ । उहाँले भन्नुभयो “ म खाली सार्वजानिक जमीन खोजी खोजी वृक्षरोपण गरिहाल्छु । निजी जग्गा धनीलाई समेत जग्गा उपलब्ध गराइदिनुस भनी अनुरोध समेत गर्दछु ।”

कञ्चनपुर, भीमदत्त नगरपालिका–३, का अभियन्ता बस्न्यातले आफ्नी आमा देबीरानी बस्न्यात र मामा हिक्मतबहादुर बिष्टको प्रेरणाबाट प्रकृति संरक्षणमा अघि बढेका जानकारी दिनुभयो । उहाँले भन्नुभयो “प्रकृतिलाई कसरी माया गर्नुपर्छ, बोट विरुवा कसरी संरक्षण गर्नुपर्छ र वृक्षारोपणको महत्व कति हुन्छ भन्ने कुरा मैले मेरी आमाबाट सिकेको हुँ । आमा असाध्यै प्रकृतिप्रेमी हुनुहुन्थ्यो । ”

सन् १९७५ देखि वृक्षरोपणमा सक्रिय उहाँले भन्नुभयो “केही वर्ष अध्ययनका सिलसिलामा वृक्षरोपण गर्न सकिन । पछिल्ला सयम निरन्तर वृक्षरोपणमा सक्रिय छु । जागिरे जीवनका क्रममा म जुन जिल्ला पुगेँ, त्यहाँ वृक्षरोपण अभियान सुरुआत गरिहाले । सार्वजानिक जमीन, उद्यान तथा आम सर्वसाधारणलाई वृक्षरोपण अभियानमा सरिक गराउँदै वृक्षरोपण गरेँ । ”

नेपाल परिवार नियोजन सङघमा कार्यरत अभियान्ता बस्न्यातको अभियानलाई पछिल्लो समय विश्व वन्यजन्तु कोष (डब्ल्यूडब्ल्यूएफ) नेपाले सितको साझेदारी र फिनल्याण्ड सरकारको आर्थिक सहयोगमा सञ्चालित जनसंख्या स्वास्थ्य तथा वातावरण परियोजनाले थप ऊर्जा थपिदिएको थियो । उहाँले भन्नुभयो “ बिरुवा रोपणलाई कसरी प्रभावकारी बनाउने र यस पवित्र अभियानमा आफ्ना साथीका साथै विश्वव्यापी कसरी चिरपरचित गराउने र अभियालाई कसरी विश्वव्यापी समेत बनाउने भनी सोंचिरहन्थे । उही सोचका बीचमा एउटा सजिलो उपाय निस्कियो –सामाजिक सञ्चाल फेसबुकमा ग्रुप बनाउने । ”

विश्वमा अहिले सामाजिक सञ्जाल मार्फत नै सचेतीकरणका नयाँ नयाँ र अनौठा अनौठा अभियान सञ्चालित छन भने यसै सञ्जाल भित्रको एउटा शसक्त माध्यम फेसबुकलाई अभियन्ता बस्न्यातले प्रयोगमा ल्याउनुभएको छ । “ यसपछि ‘प्रकृति संरक्षण अभियान नेपाल’ ९ल्बतगचभ ऋयलकभचखबतष्यल ऋबचबखबल ल्भउब०ि नामको फेसबुक ग्रुप बनाए । उक्त ग्रुप मार्फत आफ्ना जन्मदिनमा एउटा बिरुवा अवश्य रोप्नुहोस भनी सबैलाई आग्रह गर्न थालेँ ”, उहाँले भन्नुभयो “फेसबुक पेज ग्रुपबाट मेरो अभियानलाई धेरै साथ एवं हौसला मिल्न थाल्यो । ग्रुपमा स्वदेशबाट मात्रै हैन बिदेशबाट पनि शुभेच्छुक जोडिन थाल्नुभयो । ”अहिले उक्त फेसबुक पेजमा ६००० बढी व्यक्ति जोडिइएसकेका छन् । यसै क्रममा अभियानलाई अँझ बढी तीब्रता दिन अभियन्ता बस्न्यातले पछिल्लो समय ‘आफ्नो जन्मदिनमा एउटा बिरुवा रोप्नुहोस , बिरुवा रोप्दै गरेको फोटो फेसबुकमा सेयर गर्नुहोस र निशुल्क प्रमाणपत्र प्राप्त गर्नुहोस’ भनी अभियान सञ्चालन गरिरहनुभएको छ । उहाँले भन्नुभयो“यसबाट उल्लेखनीय सफलता प्राप्त भयो । हालसम्म करिव २०० जनालाई प्रमाणपत्र उपलब्ध गराएका गराइसकेको छु ।

अभियन्ता बस्न्यात स्वयं आफ्नो तथा आफ्ना परिवारका सदस्यका जन्मदिनमा बिरुवा रोप्ने गर्नुहुन्छ । उहाँले भन्नभयो“ वृक्षरोपण गर्ने मेरो अभियानमा घरका सदस्यले औधी नै सघाएका छन् । सुरु सुरुमा त परिवारका सदस्य एवं समुदायलाई अभियानका बारेमा बुझाउन समस्या प¥यो । ” पछिल्लो समय उहाँको सो अभियानलाई नेपालगन्ज निवासी हेमन्तराज काफ्लेले हौसला प्रदान गरिरहनुभएको छ । उहाँ ‘एट बिलियन ट्रि’ का अभियन्ताका रुपमा परिचित हुनुहुन्छ ।

अभियन्ता बस्न्यातले भन्नुभयो “ म कही कतै सार्वजनिक जग्गा देखे वा कसैले आफ्नो व्यक्तिगत जग्गामा बिरुवा रोपण गरिदिन आग्रह गर्छन भने निःशुल्क बिरुवा लिएर पुगिहाल्छु । उहाँहरुले इच्छा गरेकै बिरुवा रोपिदिन्छु । आफ्नै पैसाले बिरुवा खरीद गर्छु । साथीलाई पनि जन्मदिनमा बिरुवा खरीद गरि उपहार दिन्छु । उनीहरुले रोपिदिन सहयोग पनि गर्छु । ”

नेपालगञ्ज हुँदै हाल काठमाडौलाई आफ्नो कर्मथलो बनाएर बसेका अभियन्ता बस्न्यात वृक्षरोपणका लागि जमिन अभाव हुँदै गएकामा चिन्ता व्यक्त गर्नुहुन्छ । उहाँले भन्नुभयो “ बिरुवा उमार्ने काम गर्न धौ धौ छ । नर्सरीमा बिरुवा खरीद गर्दा निकै महंगो पर्छ । यसो भनिरहँदा अभियान रोकिँदैन । म बाँचुञ्जेल वृक्षरोपण अभियान जारी राख्छु ।

बिरुवा किन रोप्नुपर्छ, यसबाट के कस्ता फाइदा छन र यसको महत्व प्रायः सबैलाई थाहा छ तसर्थ यसबारे समय खर्चिनु पर्दैन ।” उहाँले प्रकृति संरक्षण अभियान नेपालको लिंक फलोगरी समूहको उद्देश्य अनुरुप आफ्नो जन्मदिनमा एउटा बिरुवा अवश्य रोप्न आग्रह गर्नुहुन्छ । उहाँले भन्नुभयो“ बिरुवा रोप्दै गरेको तस्वीर ग्रुपमा पोष्ट गरेर निःशुल्क प्रमाणपत्र प्राप्त गर्न समेत म आग्रह गर्दछु । ” ‘बिरुवा रोप्नुहोस, जीवन बचाउनु होस ’ भन्ने नारालाई उहाँले सार्थक बनाउनुलाई लाइक गर्न गर्न आग्रह समेत गर्नुभएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.