Advertisement

रुपन्देहीको मोतिपुरमा आज पनि कफ्र्यू, मृत्यु भएका ३ जनाको अझै पहिचान खुलेन

0 587

Advertisement

२५ आश्विन, भैरहवा । रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा आइतबार प्रहरीसंग भएको झडपमा ४ जनाको मृत्यु भएपछि त्यस क्षेत्रमा लगाईको कफ्र्यु आज पनि जारी रहेको छ । थप झडप हुने भयले स्थानीय प्रशासनले कफ्र्यु जारी राखेको हो ।

हिजोको झडपमा घाइते भई भैरहवा मेडिकल कलेजमा उपचार गराइरहेकाहरू मध्ये ४ जनाको मृत्यु भएको थियो । उपचारका लागि लगिएका ८ जना मध्य ४ जनाको मृत्यु भएको हो ।

घाइते १ जनाको अवस्था गम्भीर छ । मृतकहरु मध्ये कपिलवस्तु वाणगंगाका ४८ वर्षको रमेश परियारको पहिचान खुलेको छ भने ३ जनाको अझै पहिचान खुल्न सकेको छैन ।

झडपमा नेपाल प्रहरीका १६ जना र ससस्त्र प्रहरीका १५ जना घाईते भएका छन् । पेट्रोल वम प्रहर बाट नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक एक प्रहरी उपरीक्षक घाईते भएका छन् ।

घाईते प्रहरीहरु मध्ये ६ जनालाई उपचारका लागि काठमाडौ ल्याईएको छ । सुकुम्बासीको नाममा केही समूहले औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न खोजेपछि तनाव उत्पन्न भएको हो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.