Advertisement

साफ च्याम्पियनसिप : भारतसँग नेपाल पराजित

0 531

Advertisement

२५ असोज, काठमाडौं । माल्दिभ्समा भइरहेको साफ च्याम्पियनसिप २०२१ मा नेपालले पहिलो हार बेहोरेको छ । आइतबार भएको आफ्नो तेस्रो खेलमा नेपाल, भारतसँग १-० ले पराजित भएको हो ।

यसअघि नेपालले लगातार दुई खेल जितेको थियो । भारतले भने लगातार दुई खेल बराबरी खेलेको थियो ।

मालेस्थित नेशनल स्टेडियममा भएको खेलमा भारतका लागि कप्तान सुनिल क्षेत्रीले ८२औं मिनेटमा गोल गरे । पहिलो हाफमा पनि सुनिल क्षेत्री र मनविर सिंहले गोल गर्ने राम्रो अवसर गुमाएका थिए ।

नेपाल पराजित भएपछि पाँच राष्ट्र सहभागी साफमा फाइनल पुग्ने समिकरण रोमाञ्चक बनेको छ । अब अन्तिम म्याच डे का दिन फाइनल पुग्ने दुई टिमको टुङ्गो लाग्नेछ ।

नेपाल र माल्दिभ्सको समान ६ अंक भएको छ । भारत ५ अंक जोडेर तेस्रो स्थानमा छ । बंगलादेश ३ खेलबाट ४ अंकसहित चौथो स्थानमा छ । ४ वटै खेल खेलिसकेको श्रीलंका भने १ अंक जोडेर बाहिरिसकेको छ । अब बुधबार नेपालले बंगलादेशसँग र भारतले माल्दिभ्ससँग खेल्नेछ ।

अब नेपाललाई फाइनल पुग्न कम्तीमा पनि बंगलादेशविरुद्ध बराबरी खेल्नुपर्नेछ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.