Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

कानुनका छिद्रबाट छिराइएको निर्णयले अनन्तकालसम्म लखेट्नेछ : गगन थापा

0 138

२४ आश्विन, काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले कानुनका छिद्रबाट छिराइएको निर्णयले अनन्तकालसम्म लखेट्ने दाबी गरेका छन् । गठबन्न सरकारले प्रधानन्यायाधीशनिकट गैह्रसांसद गजेन्द्र हमाललाई उद्योगमन्त्रीमा नियुक्त गरिएकोप्रति संकेत गर्दै उनले आज (शनिबार) ट्वीटमार्फत यस्तो बताएका हुन्।

उनले लेखेका छन्- ‘हामी इतिहासबाट शिक्षा नलिन अभिशप्त नै हो?लोकतन्त्रमा शासकले निर्णय लिँदा वैधानिकताको कसीमा घोटेरमात्र पुग्दैन।त्यस्तो निर्णयको प्रतिरक्षा गर्न र जनताबाट अनुमोदित हुन सकेमात्र त्यसले वैधता पाउँछ।नत्र कानूनका छिद्रबाट छिराइएको निर्णयले अनन्तकालसम्म लखेट्छ भन्ने खै हेक्का राखेको?’

शुक्रबार उद्योगमन्त्री गजेन्द्रबहादुर हमाल बनेका छन् । हमाल प्रधानन्यायाधीश जबरा निकट मानिन्छन्। जबराले भने हमाल पुराना देउवा निकट नेता भएकाले मन्त्री बन्न सक्ने यसअघि नै प्रतिक्रिया दिएका थिए। सर्वोच्चमा सत्ता गठबन्धनका दलहरूको आधिकारिकता विवाद, माधव नेपाल र बाबुराम भट्टराईविरुद्धको मुद्दा तथा संवैधानिक नियुक्ति बदरलगायतका मुद्दाहरू विचाराधीन रहेकाले कम्फरटेबल बनाउन हमाल मन्त्री बनेका हुन्। उनको नियुक्ति प्रति सर्बत्र आलोचना भैरहेको छ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.