Advertisement

अफगानिस्तानबाट बाहिरिएपछि अमेरिका र तालिबानबीच पहिलो वार्ता हुने

0 508

Advertisement

२३ असाेज, एजेन्सी । तालिबानका वरिष्ठ अधिकारी र अमेरिकी प्रतिनिधि बीच अफगानिस्तानमा वार्ता हुँदै छ । अमेरिकी सेना फिर्ता र तालिबानीहरूले अफगानिस्तानमा कब्जा जमाएपछि हुन लागेको यो वार्ता महत्त्वपूर्ण मानिएको छ । चरमपन्थी समूहहरूलाई समात्न र देशबाट विदेशी नागरिक र अफगानिस्तानको निकासीलाई सहज बनाउने विषयमा अमेरिकी प्रतिनिधि र तालिबानी अदीकारीहरू बीच शनिबार र आइतबार वार्ता हुँदैछ ।

अगस्टको अन्त्यमा अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता भएपछि त्यहाँ २० वर्षको सैन्य उपस्थिति समाप्त भएको र अफगानिस्तानको सत्तामा तालिबानको उदय भएपछि हुन लागेको यो बैठकलाई निकै चासोपूर्वक हेरिएको छ । वार्ता कतारको राजधानी दोहामा हुने भएको छ ।

दोहामा रहेका तालिबान प्रवक्ता सुहेल शाहीनले शनिबार एसोसिएटेड प्रेसलाई बताएअनुसार वार्ताले तालिबानले सन् २०२० मा वाशिङ्टनटनसँग गरेको शान्ति सम्झौताको पुनरवलोकन गर्नेछ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.