Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

राष्ट्रिय खेलकुदको तयारी सुरु गर्न खेल सङ्घहरूलाई मन्त्री गुरुङको आग्रह

0 73

२३ असोज, काठमाडौं । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले गण्डकी प्रदेशमा यसै वर्ष आयोजना हुने नवौँ राष्ट्रिय खेलकुदको तयारी सुरु गर्न खेल सङ्घहरूलाई आग्रह गर्नुभएको छ ।

कास्की जिल्ला बक्सिङ सङ्घको नवनिर्वाचित पदाधिकारीको आज पदस्थापन कार्यक्रममा उहाँले राष्ट्रिय खेलकुदका लागि प्रदेश सरकारले खेल सङ्घहरुको तयारीका लागि बजेट विनियोजन गरेकाले तयारी सुरु गर्न आग्रह गर्नुभयो । प्रदेश सरकारले तयारीका लागि रु ५० लाख बजेट विनियोजन गरेको मन्त्री गुरुङले जानकारी दिनुभयो ।

नवौँ राष्ट्रिय खेलकुद यही वर्ष आगामी फागुनमा आयोजना गर्ने योजना राष्ट्रिय खेलकुद परिषद्को छ । गत वर्ष फागुन अन्तिम साता प्रतियोगिताको मिति तोकिएकामा कोभिड–१९ का कारण स्थगन गरिएको थियो । खेलकुदमन्त्री गुरुङले खेलकुदभित्र राजनीतिकरण गर्न नहुनेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “खेलकुदभित्र राजनीतिकरण हुनुहुँदैन, सबै अट्नुपर्दछ ।” प्रदेशका सबै जिल्लामा फुटबलबाहेक अन्य खेलको अवस्था दयनीय भएको उल्लेख गर्दै अन्य खेलको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रदेश खेलकुद परिषद्का सदस्यसचिव तेजबहादुर गुरुङले प्रदेशमा केवल सात÷आठवटा खेलको मात्रै प्रशिक्षक रहेकाले अब तत्कालै पदक जित्ने खेललाई प्राथमिकतामा राखेर प्रशिक्षक व्यवस्था गरिने बताउनुभयो । सङ्घका अध्यक्ष सुमन श्रेष्ठले प्रशिक्षकसँगै प्रशिक्षणको लागि ग्लोब्स, हेडगार्ड, किक ब्याग, पन्चिङ ब्यागलगायतका सामान आवश्यक रहेको बताउनुभयो । गण्डकी प्रदेशको ११वटै जिल्लामा प्रशिक्षक नभएकाले तत्कालै प्रशिक्षण सुरु गर्न अप्ठ्यारो रहेको बताउनुभयो ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.