Advertisement

७६० मा सङ्क्रमण, ८९९ निको

0 420

Advertisement

२३ असोज, काठमाडौं । विगत २४ घण्टामा ७६० जनामा कोरोना भाइरसको सङक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार १२ हजार ३१ जनामा कोरोना परीक्षण गर्दा ७६० जनामा सङ्क्रमण देखिएको हो ।

आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित १५ हजार ३४० रहेका छन् । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला आठ र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला २० छन् । पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्लामा मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की र रुपन्देही छन् ।

पछिल्लो २४ घण्टामा ८९९ जना सङ्क्रमणबाट निको भएका छन् । आजसँगै अहिलेसम्म सङ्क्रमणमुक्त हुने सात लाख ७५ हजार ७२ पुगेका छन् । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९६.७ प्रतिशत छ ।

यस्तै सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा ११ जनाको ज्यान गएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार २२१ जनाको निधन भइसकेको छ । हाल देशभर ३१७ सघन उपचारकक्ष (आइसीयू), ११३ भेन्टिलेटर, १४ हजार १६८ होम आइसोलेशन, एक हजार १७२ संस्थागत आइसोलेशन र २३६ जना क्वारेन्टिनमा छन् ।

आज ९० हजार ९९३ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म पहिलो मात्रा ८१ लाख २७ हजार २६२ र पूर्ण मात्रा ६४ लाख ४६ हजार ९५७ जनाले लगाइसकेको मन्त्रालयले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.