Advertisement

सशक्त कम्युनिष्ट धारको नेतृत्व एकीकृत समाजवादीले गर्छ : उपाध्यक्ष पाण्डे

0 206

Advertisement

२३ असाेज, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डेले आफ्नो पार्टीले सशक्त कम्युनिष्ट धारको नेतृत्व गर्ने बताउनुभएको छ ।

काठमाडौँ महानगरपालिका–१५ स्वयम्भू वडा कमिटीले दसैं तिहारलगायत विभिन्न पर्वका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले लोकतान्त्रिक मूल्य मान्यताका आधारमा सामूहिक निर्णय गरिने बताउनुभयो ।

उपाध्यक्ष पाण्डेले कम्युनिष्ट पार्टीमा व्यक्ति पूजाको सुरुआत भएकामा चिन्ता व्यक्त गर्दै एकीकृत समाजवादीमा सबै सदस्यको समान हैसियत हुने र आवश्यकताअनुसार जिम्मेवारी फरक फरक हुने बताउनुभयो । उहाँले मुलुकमा निरङ्कुशता विरुद्ध सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

सो पार्टीका सचिव जीवनराम श्रेष्ठले एमालेमा एकल नेतृत्व हाबी भएकाले आफूहरुले अन्तरसङ्घर्ष गरी त्यसलाई सच्याउन खोजेको भए पनि नेतृत्व तयार नभएपछि पार्टीमा विद्रोह गरी नयाँ कम्युनिष्ट पार्टी स्थापना गरिएको जानकारी दिनुभयो । उहाँले कम्युनिष्ट विचारलाई एकीकृत समाजवादीले मात्र अवलम्बन गरेको बताउनुभयो ।

काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले संसद् पटकपटक विघटन भएकाले संसद् विकास कोषबाट वडामा आउने सहयोगमा असर पुगेको बताउँदै यसले जनहितमा कार्य गर्न नसकिएको तथा स्थानीय विकासमा समस्या आएको स्पष्ट पार्नुभयो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.