ईपीएलको उपाधि चितवनले जित्यो, पोखरा ४ विकेटले पराजित
२३ असोज, काठमाडौं । काठमाडौंको कीर्तिपुरमा सञ्चालन भएको चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) को उपाधि चितवन टाइगर्सले ४ विकेटले जितेको छ ।
शनिबार भएको फाइनल खेलमा पोखरा राइनोजले दिएको ११२ रनको लक्ष्य १५.५ ओभरमा ६ विकेटमा क्षतिमा भेट्टायो । चितवनको जीतमा भीम सार्कीले ६३ रनको योगदान गरे ।