महत्त्वपूर्ण नेताहरुलाई मन्त्री बनाउन पाइएन, उचित जिम्मेवारी दिन्छु : प्रधानमन्त्री देउवा

0 685

२३ असाेज, काठमाडाैँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन सरकार भएकाले पार्टीका महत्त्वपूर्ण नेताहरु मन्त्री बन्नबाट छुटेको बताएका छन्। 

शनिबार बिहान बालुवाटारमा ‘विश्वेश्वरप्रसाद कोइराला: शताब्दी सन्दर्भ’ पुस्तक विमोचन गर्दै प्रधानमन्त्री देउवाले मन्त्रिमण्डल पुनर्गठनका क्रममा कांग्रेसका महत्त्वपूर्ण नेताहरु छुटेका र उनीहरुलाई उचित जिम्मेवारी दिने आश्वसन दिए।

आफूले सकेसम्म सबैलाई समेटेर लैजान खोजेको भएपनि गठबन्धन दलहरुबीच सहमति बनाउँदा केही महत्त्वपूर्ण साथीहरुलाई मन्त्री बनाउन नसकेको देउवाको भनाइ थियो।

कांग्रेसको एकल सरकार नभएको भन्दै उनले गठबन्धका सबै दललाई उस्तै समस्या परेको बताए। कांग्रेसमा मात्र नभएर गठबन्धनका अन्य दलमा पनि मन्त्री चयन गर्दा महत्त्वपूर्ण साथी छुटेको उनको भनाइ थियो।

प्रधानमन्त्री बनेको ८८ दिनपछि देउवाले शुक्रबार मन्त्रिमण्डललाई पूर्णता दिएका थिए। त्यसक्रममा कांग्रेसबाट चारजना नयाँ मन्त्री थपिएका थिए। मन्त्रिमण्डल पुनर्गठन गर्दा देउवाले पार्टीको कोटाबाट प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाका आफन्त गजेन्द्र हमाललाई मन्त्री बनाएपछि आलोचना भइरहेको छ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.