Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

पूर्ण खोप लगाउनेमा प्रतिरोधात्मक क्षमता बढी

0 80

२३ आश्विन, काठमाडौँ । नेपालमा खोपको प्रभावकारितासम्बन्धी गरिएको एक अध्ययनले खोप लगाएकाहरूमा कोभिड–१९ विरुद्धको प्रतिरोधात्मक क्षमताको अवस्थाबारे प्रतिवेदन सार्वजनिक गरेको छ।

शुक्रबार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले तथ्यांक सार्वजनिक गरेको छ। प्रतिवेदनअनुसार दुवै डोज खोप लगाएकाहरूमा एन्टिबडी ८२ प्रतिशत छ भने पहिलो डोज लगाएकाहरूमा ५५ प्रतिशतमा एन्टिबडी पाइएको छ। गत जेठ १७ देखि असार २५ को अवधिभित्र रगतको नमुना संकलन गरी शरीरमा एन्टिबडीको स्तर हेर्ने उद्देश्यले अनुसन्धान गरिएको थियो।

अध्ययनमा १७ सय ९६ जनालाई सहभागीको नमुना संकलन गरिएको थियो। अध्ययनले खोप नलगाएका ४३.९ प्रतिशतमा एन्टिबडी बनेको र खोप लगाएका ६५ प्रतिशतमा एन्टिबडी बनेको औंल्याएको छ। खोप लिएको दोस्रो महिनासम्ममा एन्टिबडीको तह ८२.३३ प्रतिशत रहेको पाइएको छ भने चौथो महिनामा एन्टिबडीको मात्रा घट्दै गएर ४३ प्रतिशतमा पुगेको छ।

त्यसैगरी अध्ययनले एक वा बढी दीर्घरोग भएकाहरूमा पनि एन्टिबडीको मात्रा फरक रहेको औंल्याएको छ। एक मात्र दीर्घरोग भएकाहरूमा ७८ प्रतिशत, दुईवटा दीर्घरोग भएकाहरूमा ७१.६९ प्रतिशत र तीनभन्दा बढी दीर्घरोग भएकाहरूमा ४२ प्रतिशत पाइएको थियो ।

खोप नलिएका र कोरोना पहिचान नभएका ४६ प्रतिशतमा एन्टिबडी बनेको पाइएकाले नेपालमा कोरोना संक्रमण समुदायस्तरमै फैलिसकेको अध्ययनको निष्कर्ष छ। नेपालमा प्रयोग भएका दुई मुख्य खोपहरू भेरोसेल र कोभिसिल्डमा एन्टिबडीको मात्रा ६३.७ प्रतिशत थियो भने भेरोसेल लिएकाहरूमा ७२.४ प्रतिशत थियो।

भेरोसेल खोप लिनेबित्तिकै र कोभिसिल्ड खोप लिएको दुई महिना बितिसकेपछि एन्टिबडीको मात्रा हेरिएकाले कोभिसिल्ड लिनेहरूमा मात्रा घट्दै गएको पाइएको होे। दुवै खोप एउटै अवधिमा दिएको खण्डमा एन्टिबडी दुवैमा करिब उस्तै तहको प्रभावकारिता देखिने अध्ययनको सुझाव छ।

लिनेबित्तिकै नमुना संकलन भएका कारण भेरोसेलमा एन्टिबडीको मात्रा अध्ययनमा अधिकांश सहभागी ६० वर्षमाथिका पहिलो कोभिसिल्ड लगाएका ८५ प्रतिशत थिए भने भेरोसेल खोप लिएका १४.५९ प्रतिशत थिए।

अध्ययनले खोप लिएको ६० दिनपछि शरीरमा एन्टिबडीको मात्रा घट्देै गएको देखिएकाले दोस्रो डोज खोप लिएको १४ देखि २१ दिनपछि पुन एन्टिबडीको मात्रा अध्ययन गर्नुपर्ने आवश्यकता रहेको सुझाएको छ। त्यसैगरी खोप लिएको दुई महिनापछि शरीरमा एन्टिबडीको मात्रा घट्दै गएको हुनाले बुस्टर डोजको आवश्यकतासम्बन्धी थप अध्ययन गर्नुपर्ने आवश्यकता रहेको जनाएको छ।

प्रभावित क्षेत्रको पानीमा दिसामा पाइने कीटाणु कपिलवस्तुमा केही दिनदेखि फैलिएको झाडापखालका नमुनाहरूमा दिसामा पाइने कीटाणु भेटिएको राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। परीक्षण भएका केही नमुनामा कोलिफर्म र इकोलाई नामका जीवाणु भेटिएको र थप अध्ययन जारी रहेको महाशाखाले जनाएको छ।

कपिलवस्तुको कृष्णनगरपालिकाका तीन, चार, सात, आठ, नौ र १२ वडामा झाडापखाला फैलिएको थियो। अध्ययनका क्रममा प्रभावित क्षेत्रको खानेपानीको स्रोत पाइप फुटेर पानी दूषित बनेपछि झाडापखाला फैलिएको पाइएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.