Advertisement

पाणिनिको तपोभूमि ओझेलमा

0 399

Advertisement

२२ असाेज, अर्घाखाँची । प्रचार प्रसारको अभावमा ऐतिहासिक तथा धार्मिक महत्व बोकेको संस्कृत भाषाको व्याकरण रचना भएको अर्घाखाँचीको पाणिनी तपोभूमि ओझेलमा परेको छ ।

हजारौं वर्ष पहिले पाकिस्तानको लाहोरबाट तपस्या गर्दै अर्घाखाँचीको खिदिममा आएका पाणिनी ऋषिले पणेनाको लेकमा तपस्या गरेर संस्कृत व्याकरणको रचना गरेका थिए । पाणिनी तपोभूमि क्षेत्र विश्व भाषा सम्पदाको प्रमुखस्थल हो । यसै क्षेत्रमा आएर पाणिनी ऋषिले तपस्या गरेपछि भगवान् शिव खुशी भई अ, ई, उ, ऋ, लृ, ए, ओ आदि चौध सूत्रको स्वर निकालेको र ती चौध सूत्रबाट संस्कृत ब्याकरणको रचना गरेको भन्ने धार्मिक मान्यता छ ।

संस्कृत व्याकरणका रचयिता पाणिनीको जन्ममिति र जीवनीका बारेमा लिखित अभिलेख नभए पनि उनी ईशापूर्व चौथोदेखि छैठौँ शताब्दीसम्म सिन्धु नदी छेउको सलतुला भन्ने ठाउँ (हाल पाकिस्तान)मा जन्मिएको इतिहासकारले लेखेका छन् ।

लुम्बिनीको अशोक स्तम्भमा आधारित शिलालेख पत्ता लगाएका र बुद्धको ऐतिहासिक जन्मस्थल प्रमाणित गर्न महत्वपूर्ण भूमिका खेलेका सातौँ शताब्दीका प्रसिद्ध चिनियाँ बौद्ध भिक्षु हुआन साङले पनि पाणिनीको जन्मस्थल सलतुलाका सन्दर्भ उल्लेख गरका छन् ।

हजाराँै वर्ष पहिले पाकिस्तानको लाहोरबाट तपस्या गर्दै अर्घाखाँचीको खिदमीमा आएका पाणिनि ऋषीले पणेनाको लेखमा तपस्या गरेर संस्कृत व्याकरणको रचना गरेका थिए । पाणिनि तपोभूमि क्षेत्र विश्व भाषा सम्पदाको प्रमुखस्थल हो । यसै स्थानबाट सस्कृत भाषाको उत्पत्ति भएको पाणिनि तपोभूमिका पण्डित थानेस्वर पौडेलको भनाइ छ ।

यसै क्षेत्रमा आएर पाणिनि ऋषीले तपस्या गरेपछि भगवान् शिव प्रशन्न भएर डम्मरु बजाउँदै अइउण्, रिलृक, एओ आदि चौध सुत्रको स्वर निकालेको र ती चौध सुत्रबाट संस्कृत व्याकरणको रचना गरेको भन्ने धार्मिक मान्यता रहेको छ । यस क्षेत्रको व्यापक प्रचारप्रसार गर्नसके विश्वकै एउटा धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न सकिन्छ ।

विश्वकै प्राचीन भाषा उत्पत्ति भएको क्षेत्र भए पनि यो क्षेत्र व्यापक प्रचारप्रसार नहुँदा ओझेलमा परेको यस क्षेत्रको प्रचारप्रसारका लागि विश्व भाषासँग सम्बन्धित सबै लाग्नुपर्ने स्थानीयवासी पुस्करराज पोख्रेलको भनाइ छ । पाणिनि ऋषीले पणेनामा तपस्या गरेर निस्किएको चौध सुत्रलाई महेश्वर सुत्राणी भनिएको र तिनैका आधारमा लघु सिद्धान्त, मध्य सिद्धान्त र सिद्धान्त कौमुदीको निर्माण गरेको भन्ने संस्कृतका विज्ञ बताउँछन् ।

पाणिनिका चौध सुत्रलाई प्रचारप्रसार र संस्कृतको व्याकरण रचना गर्ने क्रियाकलापमा पाणिनिपछि कात्यानी र पतञ्जलीसमेत लागि परेको देखिन्छ । संस्कृत प्राचीन समयमा नेपाल, बङ्गलादेश, भारत, पाकिस्तान, अफगानिस्तानलगायत बृहत्तर दक्षिण एशियाली क्षेत्रको बोलचालको भाषा थियो ।

दक्षिण एशियाली भाषा जस्तै नेपाली, उर्दू, कश्मिरी, उडिया, बाङ्ला, मराठी, सिन्धी, पञ्जाबी आदि संस्कृतबाट उत्पन्न भएको भाषाशास्त्रीले लेखेका छन् । भाषाको विश्वइतिहासमै प्रभावशाली पात्र पाणिनीले रचेको संस्कृत व्याकरणलाई संसारकै पहिलो व्यवस्थित भाषा–प्रणाली मानिन्छ । पाणिनिकोे संस्कृत व्याकरणको जन्म अर्घाखाँची जिल्लाको पणेनामा भएकाले यो ठाउँको ऐतिहासिक महत्व छ ।

अर्घाखाँचीको पूर्वमा रहेको पाणिनि गाउँपालिका– १ पणेनामा यो तपोभूमि पर्दछ । यस तपोभूमिबाट उत्तर फर्कदा हिमालयका हिमशृङ्खला, दक्षिण फर्कदा तराईका फाँट अनि भारतीय भूमि देख्न पाइन्छ । अर्घाखाँचीको पोखराथोक र पाल्पा जिल्लाको तीनधारेबाट केही मिनेट उकालो हिँडेपछि यस क्षेत्रमा पुग्न सकिन्छ ।

यस क्षेत्रको प्रचारप्रसार गर्नसके धार्मिक ऐतिहासिक र पर्यटकीय क्षेत्रबाट नेपालीलाई फाइदा हुन सक्छ । यो क्षेत्र पाणिनि ऋषीले तपस्या गरेको र व्याकरण उत्पत्ति भएको भन्न धेरै प्रमाण भेटिएको पाणिनि गाउँ पालिकाका अध्यक्ष अच्युत गौतमले बताउनुभयो । यस क्षेत्रको विकासका लागि आफूहरु सक्रिय भएर लागि परेको अध्यक्ष गौतमको भनाइ छ ।

पाणिनि गाउँपालिकाको नाम पनि यही तपोभूमिको नामबाट रहन गएको हो । यस क्षेत्रको व्यापक प्रचारप्रसार गर्नसके अर्घाखाँचीलगायत नेपालका सम्पूर्ण जनतालाई फाइदा पुग्ने र कुनै सङ्घसंस्थाबाट सहयोग पाए आफूहरु तीव्र भएर लाग्ने स्थानीय नारायण पोख्रेलले बताउनुभयो । हाल सो क्षेत्रमा एउटा पोखरी निर्माण गरिएको छ । यहाँका मन्दिर, पौवा जीर्ण हुने अवस्थामा रहेको स्थानीय दिनेश भारद्वाजले बताउनुभयो ।

पाकिस्तानमा जन्मिएका पाणिनिले अर्घाखाँचीको पणेनामा तपस्या गरे । उनले विश्वकै सर्वोत्कृष्ट व्याकरण ‘अष्टाध्यायी’ लेखे । पाणिनिको रचना अष्टध्यायी शास्त्रीय संस्कृत व्याकरणको सबैभन्दा पुरानो कृति हो । संस्कृतको उदय वैदिक संस्कृतका रूपमा ईशापूर्व १७००–२१०० ताका सुरु भएको थियो ।

पाणिनिको अष्टध्यायीलगायत संस्कृत भाषाको व्याकरणका नियम र परिभाषाका आधारभूत सङ्कलनले आधुनिक भाषा विज्ञानमा धेरै प्रभाव पारेको कुरा जर्मनीका प्रख्यात भाषाविद् फ्रान्ज बपले पत्ता लगाए । त्यसपछि युरोपमा पाणिनिको संस्कृतमा योगदानबारे पश्चिममा उनको कामलाई महत्वका साथ हेर्न थालियो ।

संस्कृत भाषाका पिता पनि भन्ने गरिएका पाणिनिले अर्घाखाँचीको पणेनामा आएर संस्कृतको व्याकरण रचेको सम्मानमा नेपालले हुलाक टिकट पनि जारी गरेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.