Advertisement

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, मन्त्रिपरिषद् विस्तार बारे छलफल

0 499

Advertisement

२२ असाेज, काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज भेटवार्ता गरेका छन्। मन्त्रिपरिषद् विस्तार गर्न तयारीमा रहेका प्रधानमन्त्रीले त्यसको पूर्वसन्ध्यामा राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन्।

राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपति र प्रधानमन्त्रीको नियमित भेटवार्ता भएको बताए। ‘यो नियमित भेटवार्ता हो । मन्त्रिपरिषद् विस्तार बारे पनि कुराकानी हुने नै भयो’ उनले भने, ‘तर, प्रधानमन्त्री ज्यूले मन्त्रीहरुको नामावली भने बुझाइसक्नु भएको छैन।’

मन्त्रीको नामावली आएमा त्यस अनुसार शपथका लागि राष्ट्रपति कार्यालयले आवश्यक तयारी गर्नेसमेत उनले जानकारी दिए। 

बालुवाटार स्रोतले पनि नियमित भेटवार्ताअन्तर्गत मन्त्रिपरिषद् विस्तारका बारेमा छलफल भएको जनाएको छ। प्रधानमन्त्रीले बिहीबार गठबन्धनमा रहेका दलहरुबीच मन्त्रालयको टुंगो लागेपछि आज मन्त्रिपरिषद् विस्तार गर्ने बताएका थिए।

अहिलेसम्म मन्त्री नियुक्त भइसकेका छैनन्। प्रधानमन्त्रीले मन्त्री नियुक्त गरेर नामावली राष्ट्रपति कार्यालयमा बुझाएपछि उनीहरुको शपथग्रहण हुनेछ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.