Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

भारतमा कोरोनाभाइरसबाट थप २१ हजार सङ्क्रमित

0 58

२२ असाेज, एजेन्सी । भारतमा कोरोनाभाइरसबाट थप २१ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । अधिकारीहरुले शुक्रबार बिहान दिएको जानकारीअनुसार भारतमा थप २१ हजार २५७ जना सङ्क्रमित भएका हुन ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयले भारतमा पछिल्ला केही दिनदेखि दैनिक औसतमा २० हजार नयाँ सङ्क्रमित थपिने गरेको जनाएको छ । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या दुई लाख ४० हजार २२१ जना रहेको पनि मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।

यो सङ्ख्या २०५ दिनपछिकै सवैभन्दा कम भएको पनि मन्त्रालयले जनाएको छ । भारतमा पछिल्लो समयमा दैनिक सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या बढ्दै गइरहेको र नयाँ थपिने सङ्क्रमितहरुको सङ्ख्या घट्दै गएकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या पनि कम हुदै गएको हो ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.