Advertisement

खुल्यो सन् २०२३ को लागि डिभी लोट्री

0 523

Advertisement

२१ असोज, काठमाडौं । सन् २०२३ को डीभी नेपाली समयानुसार असोज २० गते बेलुका पौने १० बजेदेखि खुलेको छ। सन् २०२३ का बिजेताको नाम यहि सन २०२२ को मे मा थाहा हुने र यही वर्षको सेप्टेम्बर ३० सम्म भिसा प्राप्त गर्न सक्ने जनाएको छ।

नेपाल लगायत मकाउ र ताइवानले डिभीको लागि आबेदन दिन सक्नेछन तर बंगलादेश, ब्राजिल, क्यानडा, चीन, कोलम्बिया, डोमिनिक रिपब्लिक, एल साल्भाडोर, हैटी, होन्डुरस, भारत, जमैका, मेक्सिको, नाइजेरिया, पाकिस्तान, दक्षिण कोरिया, बेलायत, भेनेजुएला र भियतनामका नागरिकले भने डीभी भर्न पाउनेछैनन्।

डीभी भर्नका लागि १२ कक्षासम्मको अध्ययन वा तोकिएको कामको अनुभव हुनुपर्नेछ भने डिभी भर्दा नाम, जन्ममिति, जन्मस्थान, पासपोर्ट विवरण, फोटो, ठेगाना, फोन नम्बर, इमेल लगायतका विवरणहरु बुझाउनुपर्छ । विगतमा प्रयोग भएको वा ६ महिनाभन्दा पुरानो फोटो डिभी भर्दा प्रयोग नगर्न सुझाव दिइएको छ।

डिभी भर्नका लागि १८ बर्ष नपुगेपनि भिसा पाउने बेलासम्म प्लस टु उत्तिर्ण गरेको भने हुनुपर्ने छ।। अमेरिकी दूतावास काठमाडौंका अनुशार डिभी लोटरी भर्नका लागि कुनै उमेरको सिमाबन्दी छैन । कन्सुलर अधिकारीले उमेरको कुनै हदबन्दी नरहेको तर पढाई वा कामको अनुभव लगायतका अन्य योग्यताका मापदण्डहरु पूरा गर्नुपर्ने बताएका छन्।

डिभी भर्नका लागि एउटा व्यक्तिले एउटा भन्दा बढी आबेदन दिएमा उसको आबेदन स्वत रद्द हुनेछ। त्यस्तै डिभी भर्दा विवाहितले दम्पत्तिको सबै विवरण र बच्चाबच्ची हुनेहरुले उनीहरुको सम्पूर्ण विवरण उल्लेख गर्नुपर्छ भने एकल उल्लेख गरेर डिभी भर्नेले एकल नै उल्लेख गरेर भर्नुपर्नेछ।

डिभी लोटरी भर्न पासपोर्ट भने अनिवार्य गरिएको छ। पछिल्लो २ बर्षदेखि डिभी लोटरी आवेदनमा पासपोर्ट अनिवार्य गरिएको हो ।पासपोर्टमा भएको नाम, पासपोर्ट नम्बर, पासपोर्टको म्याद, जारी भएको देश लगायतका विवरणहरु भर्नुपर्नेछ।

अमेरिका बसेका नेपालीहरुले पनि डिभी भर्न पाउनेछन्। यदि डिभी लोटरी पर्ने नेपाली संयुक्त राज्य अमेरिकामा भएमा त्यस्तो व्यक्तिले युएससीआईएससँग आफ्नो स्टेटस समायोजन गर्नुपर्छ । अध्यागमन तथा राष्ट्रियतासम्बन्धी ऐनको दफा २४५ को शर्तअनुसार जो व्यक्ति संयुक्त राज्य अमेरिकामा भौतिक रूपमा उपस्थित छन् उनीहरूले युएससीआईएसमा स्थायी बसोबासको लागि निवेदन दिन सक्छन् ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.