Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

माछापुच्छ्रे बैंकले बोलायो २३औं बार्षिक साधारण सभा

0 76

२१ असोज, काठमाडौं । माछापुच्छ्रे बैंकले आगामी कार्तिक २६ गते बैंकको २३औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ । हिजो नेपाल राष्ट्र बैंकले प्रस्तावित लाभांश स्वीकृत गरेसँगै बैंकको सञ्चालक समितिले वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।

बैंकले शेयरधनीलाई सञ्चित मुनाफाबाट १ अर्ब २० करोड रुपैयाँ बोनस शेयर र ६ करोड ३३ लाख रुपैयाँ नगद लाभांश (कर प्रयोजनको लागि) गरी जम्मा १ अर्ब २६ करोड रुपैयाँ लाभांश वितरण गर्न नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ । बैंकले शेयरधनीहरुलाई चूक्ता पूँजीको १३.३० प्रतिशत बोनस शेयर र ०.७० प्रतिशत नगद लाभांश गरी जम्मा १४ प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।

उक्त लाभांश बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरे पश्चात वितरण हुनेछ । वार्षिक साधारण सभा प्रयोजनको लागि कार्तिक ७ गते शेयर दाखिल खारेज बन्द (बुक क्लोज) हुने बैंकले जनाएको छ । बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६० करोड रुपैया खुद नाफा गरेर प्रतिशेयर आम्दानी १७ रुपैया ७६ पैसा कायम गरेको थियो । वैंकको चुक्ता पूँजी ९ अर्ब ५ करोड रुपैया तथा साधारण जगेडा कोषमा २ अर्ब २ करोड रुपैया संचित छ ।

माछापुच्छे बैंक लिमिटेडले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६२ बटा शाखाहरु र १७५ शाखारहित बैकिङ्ग सेवा, ७ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३४४ स्थानवाट १० लाख भन्दा बढि ग्राहकहरुमा सम्पुर्ण बैंकिङ् सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर २०३ बटा एटीएमहरु संचालनमा रहेको छन् ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.