Advertisement

शक्तिपीठमा पूजाको तयारी

0 541

Advertisement

२० असोज, काठमाडौं । भोलिदेखि बडादशैँ सुरु हुँदैछ । दशैँमा शक्ति स्वरुपा नवदुर्गाको पूजा हुन्छ । यहाँका शक्तिपीठ पनि पूजाको सुरसारमा छन् । लामो निषेधाज्ञापछि पर्वका मुखमा खुलेका शक्तिपीठ चहलपहलमय बन्दैछन् ।

प्रसिद्ध कालिका भगवती मन्दिरमा दशैँभर हुने विशेष पूजाआजाका लागि व्यवस्थापकीय तयारी थालिएको छ । भगवतीको दर्शनका लागि नवरात्रभर दशौँ हजार भक्तजन यहाँ आउँछन् । सोह्र श्राद्धका बेला पूजा नचल्ने भएकाले पनि घटस्थापनाका दिनदेखि भक्तजनको घुइँचो लाग्छ ।चुस्त, छरितो र सुरक्षित पूजाआजाको प्रबन्धका लागि सबै उपाय लगाइने मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ । समितिका अध्यक्ष राजु खड्काले काभिड–१९ सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी मन्दिर परिसरमा जनस्वास्थ्यका मापदण्ड लागू गरिने बताउनुभयो ।

“कोही शङ्कास्पद देखिएमा प्रवेशद्वारमै ज्वरो नाप्ने व्यवस्था मिलाएका छौँ”, उहाँले भन्नुभयो, “मन्दिर जानुपूर्व साबुनपानीले हात धुनका लागि ठाउँ तोकिएको छ, मास्क लगाउन र भौतिक दुरी कायम गर्न सबैमा सार्वजनिक अपिल गरिएको छ ।”

मन्दिरमा भीडभाड हुँदा सङ्क्रमण फैलन सक्ने भन्दै स्थानीय प्रशासनले पनि स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्न÷गराउन भनेको छ । अध्यक्ष खड्काले सुरक्षा, सरसफाइ, खानेपानी, शौचालय आदिको पनि यथोचित प्रबन्ध गरिएको बताउनुभयो ।भक्तजनको लाम र पूजा व्यवस्थापन गर्न मन्दिरमा प्रहरी नै खटाउनुपर्ने हुन्छ । पाँच सय वर्ष पुरानो कालिका भगवतीमा बडादशैँ र चैत्राष्टमी पर्वमा मेलै लाग्छ । दशैँको नवरात्रमा महाकाली, महालक्ष्मी र महासरस्वतीको धुमधाम पूजा गरिन्छ ।

अष्टमी र नवमीको दिनमा भाकलको बली दिने चलन छ । मन्दिरमा कुखुरा, बोका र राँगाको बली दिइन्छ । कालिकाको दर्शन गर्दा मनोकांक्षा पूरा हुने विश्वासमा देश विदेशबाट शक्तिपूजक भक्तजन यहाँ आउँछन् । बिहान ३ बजेदेखि नै पूजाका लागि मन्दिर खुल्छ ।

अध्यक्ष खड्काले घटस्थापनामा मन्दिरमा जमरा राख्ने चलन रहेको सुनाउनुभयो । “कोभिड–१९ ले गर्दा बीचमा मन्दिर खोल्न असहज स्थिति बन्यो, भक्तजनले अब भने परम्परा र रीतपूर्वक नै पूजा गर्ने वातावरण बन्छ”, उहाँले भन्नुभयो । कालिका भगवतीसँगै गलकोट नगरपालिकास्थित ऐतिहासिक कोतघर, जैमिनीको थन्थाप माईलगायत यहाँका कैँयन शक्तिपीठमा दशैँमा धुमधाम पूजा हुने गरेको छ । ति कोतघर र मन्दिरले पनि पूजा व्यवस्थापनको तयारी गरेका छन् ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.




मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.