Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

कागबेनीमा श्रद्धालुको भीड

0 108

२० असाेज, बलेवा । सोह्रश्राद्धको अन्तिम दिन औँसी तिथिमा श्राद्ध गर्नका लागि मुस्ताङको कागबेनी भरिभराउ भएको छ । जोमसोमदेखि कागबेनी आसपासका होटल तथा रेष्टुरेन्टमा सर्वसाधारणको चाप बढेको छ । धार्मिक तीर्थस्थल बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको कागबेनी श्राद्धस्थलमा सर्वसाधारणको भीड लागेको हो । दसैँअघि सोह्रश्राद्धको औँसी तिथि पारेर कागबेनीमा पिण्डदान गर्नाले मोक्ष प्राप्ति हुने जनविश्वास छ ।

मुस्ताङ बाहिरका सर्वसाधारण सोह्रश्राद्ध सुरु भएदेखि नै सो क्षेत्रमा प्रवेश गर्न थालेका थिए । औंशीमा भने श्राद्धका लागि कागबेनी पुग्नेहरु धेरै नै भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जानकारीदिनुभयो । ‘अन्य वर्षमा जस्तो यस वर्ष छैन, कोरोना महामारीका कारण केही कडाइ गरिएको छ तर पनि मानिसको भीड छ’ उहाँले भन्नुभयो, यहाँ आउनकालागि कोरोना खोप लगाएको वा तत्कालै कोरोना नेगेटिभ भएको हुनुपर्नेछ ।’’ मङ्गलबार दिउँसै १०० बढी गाडी मुस्ताङ भित्रिएको उहाँले बताउनुभयो ।

कागबेनी श्राद्धस्थल अन्य तीर्थस्थल भन्दा उत्तम भएकाले यहाँ श्राद्ध गर्न जानेको सङ्ख्या ठूलो रहेकोे कागबेनी क्षेत्रका संरक्षक ऋषि प्रपन्नाचार्यले जानकारी दिनुभयो । कागबेनी धार्मिकस्थल भगवान विष्णुलगायत सबै देवको बासस्थान भएको जनविश्वास छ । स्वामी उहाँका अनुसार शालिग्राम भगवानको शरीरमा मुक्तिनाथ भगवान रहेकाले यहाँ श्राद्ध, तर्पण, स्नान र भोजन गर्नाले मोक्ष प्राप्त हुने पद्यपुराण र बाह्रपुराणलगायतका ग्रन्थमा उल्लेख छ ।

कागबेनी श्राद्धस्थलमा बर्सेनि बडादसैँ र चैतेदसैँ सोह्रश्राद्ध औँसीमा श्रद्धालु तीर्थयात्रीको भीड लाग्ने गरेको छ । मुस्ताङमा स्याउ र च्याङ्ग्राको खोजीमा पुगेका व्यापारीदेखि दसैँको छेकोमा घुम्न जानेको उत्तिकै उपस्थिति रहेको प्रहरीले जनाएको छ ।

उद्योग वाणिज्य सङ्घ मुस्ताङका अनुसार सोह्रश्राद्धको औँशी अघिपछि र दसैँ बिदाको समयमा यहाँ आउने पर्यटक तथा तीर्थालुका लागि खाना बासको व्यवस्था गर्न नै कठिन हुने गरेको छ । कागबेनीमा श्राद्ध गरेपछि बुधबारै फर्कनेको ताँती लाग्छ । यसरी फर्केका अधिकांशले घटस्थापनाको दिन बागलुङकालीका दर्शन गरेर गन्तव्यमा लाग्ने गरेका छन् । घटस्थापनामा बागलुङमा निकै भीड लाग्ने गर्छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.