Advertisement

लुम्बिनी प्रदेश सरकारले प्रतिस्थापन विधेयक ल्याउने

0 341

Advertisement

२० असाेज, लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले बजेट प्रतिस्थापनका लागि विधेयक ल्याउने भएको छ । मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषदको बैठकले प्रतिस्थापन विधेयक ल्याउन स्वीकृति प्रदान गरेको हो । प्रदेश सरकारका प्रवक्ता कृष्णध्वज खड्काका अनुसार आजै बस्ने प्रदेशसभा बैठकमा बजेट प्रतिस्थापन विधेयक पेस गर्ने कार्यसूची छ । एमाले नेतृत्वको अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई विस्थापित गरी नयाँ बजेट ल्याउने सन्दर्भमा मन्त्रिपरिषदले सहमति प्रदान गरिसकेको उनले बताए ।

उनका अनुसार अघिल्लो सरकारले ल्याएको बजेट सम्बन्धी अध्यादेश खारेजीका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने र बजेट सम्बन्धी विधेयकहरु प्रदेश सभामा पेस गर्ने गरी मन्त्रिपरिषदले स्वीकृति प्रदान गरेको हो । यद्यपि प्रमुख प्रतिपक्ष नेकपा एमालेले प्रदेश सभामा नियमित अवरोध गर्दै आएको छ । 



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.