Advertisement

आँखाको ज्योति फर्किएपछि संसार चिहाउँदै कलावती

0 956

Advertisement

२० असाेज, कञ्चनपुर । कृष्णपुर नगरपालिका– १ दोमिल्लाकी ५० वर्षीया कलावती खत्री निकै खुसी हुनुहुन्छ । आँखा नदेख्ने समस्याबाट मुक्ति पाएपछि उहाँ खुशी हुनुभएको हो । धेरै पटक आँखाको उपचारका लागि अस्पताल पुगे पनि आर्थिक अभावले घर फर्किनु परेको तीतो अनुभव उहाँसँग छ । छ वर्ष अघिदेखि दुवै आँखामा मोतियाविन्दु भएपछि उहाँले देख्न छाडनुभएको थियो । नागरिक सुशासन समाज कञ्चनपुरको पहलमा दाताबाट रकम जुटाई कलावतीका दुवै आँखाको शल्यक्रिया गरिएको छ ।

आँखाको शल्यक्रिया भएपछि पहिलाझै देख्न थालेको छु”, उहाँले भन्नुभयो, “संसार चिहाउने अवसर पाइएको छ, निकै खुसी छु ।” आर्थिक सहयोग जुटाई आँखाको शल्यक्रिया गरी पुर्नजीवन प्राप्त गर्नमा सहयोग गर्नेको प्रशंसा गर्न उहाँ चुक्नु हुन्न । डेढकठ्ठामा झोपडी बनाइ बस्दै आउनुभएकी खत्रीका चार छोराछोरी छन् । कलावतीका श्रीमान् शारीरिक रुपामा असक्त हुनुहुन्छ । श्रीमती दुवै आँखा नदेख्ने भएपछि परिवार पाल्न निकै कठिन भएको अवस्थामा श्रीमान्ले अँधियामा प्लाष्टिकका बोराहरु ल्याई त्यसबाट डोरी बनाइ बेचेर नून तेल खर्च चलाउँदै आउनुभएको थियो । लुगाफाटो र साँझ बिहानको खानाका लागि छिमेकीसँग हात फैलाउनुपर्ने खत्री परिवारको बाध्यता रहेको छ ।

कलावतीले भन्नुभयो, “दुवै आँखा पहिलाझै देख्ने भएको छु । मजदूरी गरेर भए पनि परिवारका लागि साँझ बिहानको छाक टार्न सकिने भएको छ । ।” शल्यक्रिया गर्नका लागि लाग्ने शुःल्क तिर्न नसक्दा वर्षौसम्म अन्धकारमै बस्न बाध्य भएको उहाँको भनाइ छ ।

नागरिक सुशासन समाज कञ्चनपुरका अध्यक्ष वीरबहादुर बोहराले भन्नुभयो, “समाजमा विद्यमान सङ्घ संस्था र जनप्रतिनिधिको पहिलो कर्तव्य भए पनि कुनै पनि निकायले कलावतीको अवस्थालाई नहेर्दा दाताको सहयोगमा आँखाको शल्यक्रिया गर्नमा सघाउ पु¥याएका छौं ।” समाजकै पहलमा कृष्णपुर नगरपालिका– १ दोमिल्लाकै चार विपन्न परिवारको खरको छानोमा जस्तापाता राख्न सहयोग गरिएको छ ।

यसैगरी, शुक्लाफाँटा नगरपालिका– १० झलारीका ६० वर्षीय जनकलाल डगौराको समेत समाजको पहलमा मोतिया विन्दुको आँखाको शल्यक्रिया गरी आँँखाको ज्योति फर्काइएको छ । नागरिक सुशासन समाजले समाजमा विद्यमान भ्रष्ट्राचार, लागुऔषध र सामाज सेवाका क्षेत्रमा स्थानीयस्तरमै सहयोग जुटाई कार्य अगाडि बढाउदै आएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.