आजमाे माैसम जानकारी
२० असाेज, काठमाडौं । आज देशभर सामान्य बदली रहेको छ । दिउँसो कर्णाली र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनसहित वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
हाल भारतको बिहार तथा आसपासमा अवस्थित न्यून चापिय क्षेत्रको प्रभावका कारण नेपालमा वर्षा भएको हो ।
आज राती पनि देशभर आंशिक देखि सामान्य बदली रही कर्णाली र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
निरन्तर वर्षाको सम्भावना रहेकोले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम छ । वर्षाका कारण नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु महाशाखाले आग्रह गरेको छ ।