Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

चिप्स सहितको विद्युतीय राहदानीमा राखिने सेक्युरिटी फिचरहरु स्वीकृत

0 147

२० आश्विन, काठमाडौं । सरकारले केहि समयभित्रै जारी गर्न लागेको विद्युतीय राहदानीमा रहने विभिन्न सुरक्षासम्बन्धी विशेषता (सेक्युरिटी फिचर) हरु स्वीकृत गरेको छ।

मन्त्रिपरिषद्को आजको बैठकले विद्युतीय राहदानीमा रहने विशेषता स्वीकृत गरेको कानून, न्याय तथा संसदीय मामिलामन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

सरकारले आगामी ३ महिनाभित्रै विद्युतीय राहदानी सञ्चालनमा ल्याउने तयारी गरेको छ।

अहिलेकै शुल्कमा सेवाग्राहीहरुले हालको भन्दा धेरै गुणस्तरीय चिप्स सहितको विद्युतीय राहदानी प्राप्त गर्न सक्ने राहदानी विभागले यसअघि नै जानकारी दिएको हो।

यसका साथै बैठकले ‘रोजगार अनुमति प्रणाली सञ्चालन तथा व्यवस्थापन पहिलो संशोधन निर्देशिका, २०७८’ पनि स्वीकृत गरेको छ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.