Advertisement

शरीर बन्धक तथा अपहरण कार्यमा सङ्लग्न पक्राउ

0 497

Advertisement

१९ असाेज, काठमाडौँ । प्रहरीले शरीर बन्धक तथा अपहरण कार्यमा सङ्लग्न दुईजनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले यही असोज १५ गते चन्द्रागिरि नगरपालिका–३ थानकोटमा डेरा गरी बस्ने नीरमान भोम्जनकी श्रीमतीलाई बन्धक बनाएर राख्ने भक्तपुर मध्यपुर ठिमी नगरपालिका–६ का ३७ वर्षीय धीरोज श्रेष्ठ र भक्तपुर चाँगुनारायण नगरपालिका–१ का २९ वर्षीय रसिला अवाललाई सोमबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ परेका श्रेष्ठ र अवालले पीडितलाई डर त्रास देखाएर भक्तपुर चाँगुनारायण नगरपालिका–१ सरस्वती खेलस्थित अवालको घरमा लगेर बन्धक बनाएको अनुसन्धानमा खुलेको छ । पक्राउ परेका दुबैजनालाई काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकु पठाएको सो महाशाखाले जनाएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.