Advertisement

चीनसँग जोडिएको हुम्ला सीमाबारे परराष्ट्रलाई गृहको पत्राचार

0 518

Advertisement

१९ असाेज, काठमाडौँ । द्विपक्षीय सहकार्य गरेर उब्जेका विषयहरुको समाधान गर्न समितिको सुझाव चीनसँग सीमा जोडिएको हुम्लाको लिमी लाप्चादेखि हिल्सासम्मको सीमाबारे गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ । गृह मन्त्रालयले पछिल्लो पटक सरकारद्वारा जयनारायण आचार्यको नेतृत्वमा गठित सीमा क्षेत्र सम्बन्धी अध्ययन गर्न गठित समितिले बुझाएको प्रतिवेदनको सुझावको आधारमा परराष्ट्र मन्त्रालयलाई पत्राचार गरिएको हो । 

गृह मन्त्रालयका सह–प्रवक्ता दिलकुमार तामाङले समितिले दिएको सुझावको आधारमा परराष्ट्र मन्त्रालयलाई सोमबार पत्राचार गरिसकेको जानकारी दिए । गृहले पत्रका साथै समितिले तयार पारेको प्रतिवेदनलाई परराष्ट्रमा समेत पठाइएको छ । स्रोतका अनुसार सीमा क्षेत्रमा उब्जेका केहि विषयहरुमा द्विपक्षीय सहकार्य गरेर समाधान गर्न समितिले सुझाव दिइएको छ ।

समितिले असोज १० गते गृहमन्त्री बालकृष्ण खाँणलाई अध्ययन प्रतिवेदन बुझाएको थियो । उक्त समितिमा नापी विभागका उपमहानिर्देशक सुशील डंगोल, नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक प्रदीपकुमार पाल र राष्ट्रिय अनुसन्धान विभागका सह–अनुसन्धान निर्देशक कुशोरकुमार श्रेष्ठ सदस्य थिए । उक्त टोली भदौ २५ मा स्थलगत अध्ययनको लागि हुम्ला गएको थियो । असोज २ गते उक्त अध्ययन टोली काठमाडौं आएर प्रतिवेदन लेखेको हो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.