सुनको मूल्य मंगलबार बढ्यो, चाँदी स्थीर
१९ असाेज, काठमाडाैँ । मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबार स्थीर रहेको सुनको भाउ मंगलबार बढेको हो ।
नेपाल सुनचाँदी रत्न तथा अभुषण महासंघका अनुसारसुनको भाउ मंगलबार तोलाको ५०० रुपैयाँले बढेको छ ।
महासंघका अनुसार मंगलबारका लागि छापावाला सुनको भाउ तोलामा ९० हजार ३०० रुपैयाँ, तेजावी सुनको भाउ ८९ हजार ८५० रुपैयाँ र चाँदीको भाउ प्रतितोला १ हजार १६० रुपैयाँ कायम भएको छ ।
सोमबार छापावाला सुन तोलाको ८९ हजार ८०० रुपैयाँ तथा तेजावी सुन ८९ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार सुनको मूल्य बढेपनि चाँदी स्थीर रहेको महासंघले जनाएको छ ।