Advertisement

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

0 288

Advertisement

१९ असाेज, काठमाडौं । भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । मध्यपुर थिमि नगरपालिका-३ कौशलटारमा सोमबार राति ना३२प ६६७३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक पर्साको हरिनाथगंजका ३० वर्षीय लोकनाथ ठाकुरको मृत्यु भएको हो । उनको इन्टरनेशनल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलको पछाडि बसेका वीरगञ्जका सियाराम सिंह गम्भीर घायते भएका छन् । उनी नेपाल प्रहरीमा कार्यरत छन् । उनको नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटना राति ११ बजे भएको हो । अनियन्त्रित भई मोटरसाइकल रेलिङमा ठोक्किएको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.