Advertisement

प्रदेश जिल्लास्तरीय सेभेन ए साईड बगमती सेभेन्स रग्वी प्रतियोगिताको उपाधि भक्तपुरले जित्यो

0 463

Advertisement

१८ असोज, काठमाडौं । प्रदेश जिल्लास्तरीय सेभेन ए साईड बगमती सेभेन्स रग्वी प्रतियोगिताको उपाधि भक्तपुरले जितेको छ । मध्यपुर ठिमीमा आइतबार साँझ भएको फाइनलमा भक्तपुर रग्वीले नुवाकोट रग्वीलाई ५ का विरुद्ध १७ प्वाइन्टका साथ उपाधि जितेको हो ।

भक्तपुरले खेल अवधिभर ३ ट्राइ गर्दा एक पटक कन्भर्सन गरेको थियो । एक ट्राइ बराबर ५ अंक र एक कन्र्भज बराबर २ अंकका हिसाबले ३ ट्राइको १५ र १ कन्भर्जको २ गरि १७ अंक ल्याएको हो । नुवाकोट रग्वीले भने एक ट्राइ गरेको थियो । पुरुष तर्फको उपाधि विजेता भक्तपुर रग्वीले नगद १५ हजार पुरस्कार प्राप्त गर्दा उप विजेता भएको नुवाकोट रग्वीले १० हजारमा चित्त बुझयो ।

भक्तपुरका सविन महत उत्कृष्ट खेलाडी चुनिए । उनले नगद ५ हजार प्राप्त गरे । प्रतियोगिता अन्तर्ग शनिबार महिलातर्फको उपाधि मकवानपुरले जितेको छ । मकवानपुरले काठमाडौंलाई १ ट्राइले नै उपाधि जित्न पर्याप्त भयो । मकवानपुरले उपाधिसँगै नगद १० हजार प्राप्त गरेको छ ।


प्रतियोगिताको उपाधि विजेता टिम तथा खेलाडीहरुलाई रग्वीसंघका अध्यक्ष टंकलाल घिसिङले पुरस्कार तथा मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।


नेपाल रग्वी संघको आयोजना तथा बागमती प्रदेश खेलकुद विकास परिषद्को सहकार्यमा प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा पुरुष तर्फ ७ टोली र महिला तर्फ ३ टोली सहभागी थिए ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.