Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

कार्कीको जनकपुर दौड

0 83

१८ असोज, काठमाडौं ।

धावक रामसुन्दर कार्की ललितपुरको गोदावरीदेखि जनकपुरसम्म दौड्ने भएका छन् । विगतमा पनि विभिन्न सामाजिक कार्यमा आर्थिक सहयोग जुटाउन दौड्दै आएका कार्की यसपटक धार्मिक कार्यका लागि दौड्न लागेका हुन् ।


कार्कीले मंसिर २० गतेदेखि दौड यात्रा प्रारम्भ गर्ने जनाएका छन् । ३ दिनमा २ सय २५ किलोमिटर दूरी पूरा गर्ने कार्कीले बताए ।
गोदावरी नगरपालिका १, गोदामचौरको कार्कीटारस्थित आफैले निर्माण गरेको हनुमान मन्दिरमा गदा स्थापनाका लागि आर्थिक सहयोग जुटाउन कार्की दौड्न लागेका हुन् । उनले त्यहाँ २७ फिट अग्लो गदा निर्माण गर्न लागेका छन् ।

सो कार्यको शिलान्यास पनि भइसकेको छ । कार्कीले विगतमा विद्यालय तथा बाढी पीडितको सहयोगार्थ दौडेर आर्थिक सहायता उपलब्ध गराएको बताए ।
नेपालको सबै जिल्ला दौडेर पुगिसकेका कार्कीले काठमाडौं÷दोलखा, काठमाडौं÷सिन्धुली, काठमाडौं÷पोखरा, काठमाडौं÷लुम्बिनी दौडिसकेका छन् । उनले विभिन्न घरेलु दौड प्रतियोगितामा पनि सहभागिता जनाएका छन्

जुनियर खुला टेनिस भोलिदेखि

टिम टेनिस नेपालको आयोजनामा दोश्रो टिम टेनिस नेपाल जेटीआई जुनियर ओपन टेनिस प्रतियोगिता मंगलबारदेखि हुने भएको छ ।


प्रतियोगितामा यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ उमेरसमूहमा ब्वाइज÷गल्र्सको सिंगल्स खेल हुने छ । त्यस्तै ब्वाइज÷गल्र्सको डबल्समा पनि प्रतिस्पर्धा हुने छ ।


प्रतियोगितामा करिब १ सय २५ खेलाडीको सहभागिता रहने टिम टेनिस नेपालका अध्यक्ष अजय विष्टले जनाएका छन् । पाँचदिने प्रतियोगिताका खेलहरु धापाखेलस्थित आयोजक टिम टेनिस नेपालको आफ्नै कोर्टमा हुने छ ।

गोड स्पिन टेटे हुने

गोड स्पिन टेबलटेनिस एकेडेमीको आयोजनामा प्रथम गोड स्पिन कप टेबलटेनिस प्रतियोगिता असोज २१ गतेदेखि हुने भएको छ ।
प्रतियोगितामा पुरुष÷महिला खुला सिंगल्स, पुरुष भेट्रान ४० वर्षमाथि, ५० वर्षमाथि र ६० वर्षमाथि तथा महिला भेट्रान गरी ६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक राजेन्द्र कपालीले जनाएका छन्

। करिब २ सय ५० खेलाडीको सहभागिता रहने छ । असोज २७ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु गाबहालस्थित एकेडेमीको आफ्नै भवनमा हुनेछ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.