Advertisement

स्वास्थ्य बीमाको भुक्तानी शुरु, एक अर्ब रुपियाँ भुक्तानी

0 212

Advertisement

१८ असाेज, काठमाडाैँ । स्वास्थ्य बीमा अन्तर्गत सेवा दिन सरकारले सुचिकृत गरेका स्वास्थ्य संस्थाले भुक्तानी पाउन छाडेपछि सेवा बन्द गर्न थालेसँगै स्वाथ्य बीमा बोर्डले बाँकी भुक्तानी दिन थालेको जनाएको छ । बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले स्वास्थ्य बीमा बापतबको सेवा दिने स्वास्थ्य संस्थाले भुक्तानी नपाएको भन्दै सेवा बन्द गर्न थालेकाले क्रमशःभुक्तानी दिन थालिएको बताउनुभयो ।

स्वास्थ्य बीमा वापतको सेवा दिए बापत सूचिकृत स्वास्थ्य संस्थालाई सरकारले साढे तीन अर्व भुक्तानी दिन बाकीँ रहेको डा. बसौलाले बताउनुभएको छ । यो हप्तामा देशभरका सूचिकृत विभिन्न स्वास्थ्य संस्थालाई एक अर्ब रुपियाँ भुक्तानी गरीएको उहाँले बताउनुभएको छ । अब बाकीँ साढे दुई अर्व रुपियाँ मंसिर भित्र भुक्तानी गरीसक्ने डा. बसोैलाको भनाइ छ । ‘देशभर सूचीकृत स्वास्थ्य संस्थाहरुलाई साढे तीनअर्व जति दिन बाकीँ थियो , केहीदिन अघिमात्र एक अर्व भुक्तानी गरिसकेका छौं ।

अब मंसिरसम्म सबै भुक्तानी गरेर सक्छौँ,’उहाँले भन्नुभयो । नयाँ आर्थिक बर्षसँगै संंसदबाट बजेर पारित नभएर “बजेट होलिडे” भएका कारण पनि भुक्तानीमा समस्या भएको उहाँको दावी छ । अब बिस्तारै सबै भुक्तानी चुक्ता गरेपछि महिना–महिनामा नै भुक्तानी दिने व्यवस्था गरिने बसौलाले बताउनुभयो । यता स्वास्थ्य बीमा वापतको भुक्तानी नपाएको भन्दै मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री अस्पतालले स्वास्थ्य बीमा वापतको सबै सेवा अझै नखुलेको जनाएको छ ।

बीमा बोर्डले केही रकम भुक्तानी गरेको भए पनि सबै रकम भुक्तानी नगर्दासम्म सेवा सुचारु गर्न नसकिने अस्पतालका निर्देशक डा.दिपेन्द्र कुमार रैसनले बताउनुभयो । बाँकी भुक्तानी प्राप्त भएपछि मात्र स्वास्थ्य बीमा बापतको सबै सेवाहरु सुचारु गरिने उहाँले बताउनुभयो ।

स्वास्थ्य बीमा बापतको औषधि खरिदमै आर्थिक समस्या रहेकाले आफूहरुले सेवा बन्द गर्नुपरेको डा. रैसन बताउनुहुन्छ । आफूहरु कहाँ आउने स्वास्थ्य बीमाका विरामीलाई भक्तपुर अस्पताल पठाउने गरिएको उहाँले बतातउनुभयो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.